News Summary
Generated by OK AI. Editorially reviewed.- बाढीले क्षतिग्रस्त बेलकोटगढी–६ को पिमलटार–जागाराम झोलुङ्गे पुलको पुनर्निर्माण र मर्मत सम्पन्न भएको छ।
- जाली राख्ने काम सकिएपछि अबको दुई दिनभित्र आवतजावत पुनः सुरु गर्ने लक्ष्य मन्त्रालयले जनाएको छ।
- मन्त्रालयका अनुसार बाढीबाट क्षतिग्रस्त १३ वटा झोलुङ्गे पुल मर्मतको अन्तिम चरणमा छन्।
५ असोज, काठमाडौं । बाढीले क्षतिग्रस्त बेलकोटगढी ६ स्थित पिमलटार–जागाराम झोलुङ्गे पुल पुनर्निर्माण तथा मर्मत सम्पन्न भएको छ ।
पूर्वाधार विकास मन्त्रालयको स्थानीय पूर्वाधार विकास विभाग अन्तर्गत सस्पेन्सन ब्रिज डिभिजन ललितपुरबाट बटारिएको लठ्ठा सिधा बनाउने तथा अन्य आवश्यक मर्मतको काम सम्पन्न भएको हो । जाली राख्ने काम सकिएसँगै अबको दुई दिनभित्र आवतजावत पुन: सुरु गर्ने लक्ष्य रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यस भेगमा अहिलेसम्म ४ वटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । इन्द्रेणीचौर र गुम्बाडाँडा जोड्ने त्रिशूली नुवाकोटमा सञ्चालनमा ल्याइएको छ । साथै देवीघाट, विदुर नगरपालिका–५ नुवाकोट, स्याफ्रुबेसी–चिलिमे जलविद्युत् आयोजना, गोसाइँकुण्ड गाउँपालिका ५ र ६, रसुवा र हाकुबेसी, गोसाइँकुण्ड गाउँपालिका ६ र आमाछोदिङ्मो गाउँपालिका–१ रसुवामा समेत तुइन जडान गरिएको छ ।
थप ३ तुइन जडान तयारी रहेको मन्त्रालयले जनाएको छ । पैरेबेँसी, उत्तरगया गाउँपालिका–४ रसुवा र किस्पाङ गाउँपालिका–५ नुवाकोट जोड्ने स्थानमा तुइन निर्माणका लागि विवादित स्थलमा सहमति जुटेको छ । स्याफ्रुबेसी–लाङटाङ, गोसाइँकुण्ड गाउँपालिका ३ र ४ रसुवामा तुइन जडान गर्ने तयारी छ । रुङ्गा रसुवामा समेत अध्ययनको काम भइरहेको मन्त्रालयले जनाएको छ ।
बाढीबाट क्षतिग्रस्त १३ वटा झोलुङ्गे पुलको मर्मत कार्य सम्पन्न हुने चरणमा छ । मन्त्रालयका अनुसार कालिकास्थान झोलुङ्गे पुल सिद्धलेक–६, गजुरी–१ धादिङ, मालिङ्गा–मझुवाटार दोभान झोलुङ्गे पुल सिद्धलेक–३ र बेनीघाट रोराङ–३ धादिङ र महेशदोभान मास्टर झोलुङ्गे पुल गल्छी–१ र गल्छी–६ धादिङमा मर्मत भइरहेको छ ।
यसैगरी केउरेनी–गहते झोलुङ्गे पुल, बेलकोटगढी–५ नुवाकोट, गल्छी– १ धादिङ, पिमलटार–जागाराम झोलुङ्गे पुल बेलकोटगढी–७, तारकेश्वर–२ नुवाकोट र चिरौँदी खोला झोलुङ्गे पुल गल्छी २ र ४ धादिङमा मर्मतको काम जारी छ ।
त्यस्तै शीतलबजार–क्युरेनीटार झोलुङ्गे पुल गल्छी २ र ४ धादिङ, बेल्खु–भुतिया झोलुङ्गे पुल गल्छी २ र ४ धादिङ, बाँदरे झोलुङ्गे पुल गण्डकी–८ गोरखा, बेनीघाट रोराङ गाउँपालिका–५ धादिङ र महादेवस्थान झोलुङ्गे पुल गल्छी २ र ४ धादिङमा पुल मर्मत भइरहेको छ ।
साथै, फोस्रेटार झोलुङ्गे पुल बेलकोटगढी–५ नुवाकोट, गल्छी–१ धादिङ, जिलिङ झोलुङ्गे पुल बेलकोटगढी–८ नुवाकोट, धवादीघाट झोलुङ्गे पुल गण्डकी–७ गोरखा, बेनीघाट रोराङ गाउँपालिका–७ धादिङको समेत मर्मत जारी रहेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया 4