+
+
Shares

राजनीतिक दलको कार्यक्रममा संलग्न भएको भन्दै सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ५ गते २०:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिन्धुलीका ४ शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न भएको भन्दै कारबाहीका लागि सम्बन्धित स्थानीय तहलाई सिफारिस गरिएको छ।
  • शिक्षा विकास तथा समन्वय एकाइले दुधौली, सुनकोशी र तीनपाटन गाउँपालिकालाई पत्राचार गर्दै सामाजिक सञ्जालका सामग्रीका आधारमा संलग्नता देखिएको जनाएको छ।
  • पत्रमा प्रेम प्रसाद भट्टराई, सर्वेश्वर कोइराला, अर्जुन कुमार गौतम र यतिराज तिमल्सिनाको नाम उल्लेख गरी प्रचलित कानूनअनुसार कारबाही गर्न अनुरोध गरिएको छ।

५ असोज, काठमाडौं । सिन्धुलीका ४ जना शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न रहेको भन्दै कारबाहीका लागि सिफारिस गरिएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ, सिन्धुलीले जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सक्रिय रूपमा सहभागी भएको पाइए कारबाही गर्न सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको हो ।

दुधौली नगरपालिका नगर कार्यपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिका गाउँ कार्यपालिकाका ४ शिक्षकलाई कारबाही गर्न भनेको हो ।

एकाइले दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई पत्राचार गर्दै सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सहभागी भएको जानकारी प्राप्त भएको जनाएको छ ।

एकाइ प्रमुख तथा उपसचिव दिनेश प्रसाद देवकोटाले जारी गरेको पत्रमा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीका आधारमा चार जना शिक्षक तथा कर्मचारीको राजनीतिक गतिविधिमा संलग्नता देखिएको उल्लेख गरिएको छ ।

पत्रमा प्रेम प्रसाद भट्टराई, सर्वेश्वर कोइराला, अर्जुन कुमार गौतम र यतिराज तिमल्सिनाको नाम उल्लेख छ ।

उक्त गतिविधि शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहित) मा उल्लिखित व्यवस्थाविपरीत हुने उल्लेख गर्दै सम्बन्धित शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानूनअनुसार आवश्यक कारबाही गर्न स्थानीय तहलाई अनुरोध गरिएको छ ।

त्यसैगरी, गरिएको कारबाहीबारे शिक्षा विकास तथा समन्वय एकाइलाई अविलम्ब जानकारी गराउनसमेत पत्रमार्फत भनिएको छ। पत्रको बोधार्थ शिक्षा तथा खेलकुद मन्त्रालय अन्तरगतको शिक्षा विभागलाई दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?