+
+
Shares

सात राजनीतिक दलले गरे ‘अग्रगामी मोर्चा’ घोषणा गर्ने निर्णय  

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १८ गते १८:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जनमत पार्टीसहित सातवटा साना राजनीतिक दलहरूले आगामी २३ साउनमा अग्रगामी मोर्चा घोषणा गर्ने तयारी गरेका छन् ।
  • जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले नयाँ बानेश्वरस्थित काठमाडौं बैंकेटमा मोर्चाको औपचारिक घोषणा हुने जानकारी दिनुभयो ।
  • मोर्चामा जसपा नेपाल, जनमत पार्टी, आम जनता पार्टी, नागरिक उन्मुक्ति पार्टीलगायतका सातवटा राजनीतिक दलहरू आबद्ध रहेका छन् ।

१८ साउन, काठमाडौं । सातवटा साना राजनीतिक दलहरूले अग्रगामी मोर्चा घोषणा गर्ने भएका छन् । सोमबार भएको छलफलपछि उनीहरू अग्रगामी मोर्चा घोषणाको तयारीमा जुटेका हुन् ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतका अनुसार, २३ साउनमा साना सात दलले मोर्चा घोषणा गर्ने जानकारी दिएका छन् । उनका अनुसार नयाँ बानेश्वरको थापागाउँस्थित काठमाडौं बैंकेटमा मोर्चा घोषणा हुने तय भएको छ ।

मोर्चामा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाललगायतका पार्टीहरू आबद्ध रहेका छन् ।

सोमबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहितका नेताहरू छलफलमा जुटेका थिए । ललितपुरमा भएको छलफलमा आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, जसपा नेपालका नेता जितेन्द्र सोनल पनि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?