+
+
Shares

आज देशभर मुख्यतया मौसम सफा रहने

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते ६:२४

१३ मंसिर, काठमाडौं । हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन ।

नेपाल मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको हिमाली र पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । तराई भू-भागका थोरै स्थानमा हुस्सु/तुवाँलो लागेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशको हिमाली क्षेत्रमा साथै कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ, बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । देशको हिमाली भू-भागको एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। 

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्र तथा लुम्बिनी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।बिहानपख उपत्यका र खोँचहरूका साथै तराई भू-भागका थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?