+
+
Shares

कस्तो हुनेछ आजको मौसम ?

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक २४ गते ६:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जल तथा मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो हिमाली र पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ ।
  • महाशाखाका अनुसार तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना छ ।
  • आज राति हिमाली भू–भागमा आंशिक बादल लाग्ने र तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहानपख हुस्सु वा कुहिरो लाग्ने महाशाखाले जनाएको छ ।

२४ कात्तिक, काठमाडौं । आज दिउँदो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बदली हुने देखिएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ ।

त्यस्तै, देशका हिमाली भू– भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

त्यस्तै, आज राति भने देशको हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने महाशाखाले जारी गरेको बुलेटिनमा जनाइएको छ ।

तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु / कुहिरो लाग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?