+
+
Shares

काठमाडौं प्रहरीको स्विप अपरेसन, २४ घण्टामा ७९ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते ११:१२

८ मंसिर, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले एकै दिनमा ७९ जनालाई पक्राउ गरेको छ ।

काठमाडौंका विभिन्न ठाउँहरुमा स्वीप अपरेसन चलाएर प्रहरीले ६७ पुरुष र १२ महिला गरी ७९ जनालाई पक्राउ गरेको हो । यो बोहके विभिन्न मुद्दामा ८ फरार प्रतिवादी पनि पक्राउ गरिएको परिसरका एसपी दानबहादुर थापाले बताए ।

अपराध रोकथाम तथा नियन्त्रण गर्न समाजमा शान्ति, सुव्यवस्था कायम गर्न भन्दै प्रहरीले सार्वजनिक सेवा प्रवाहमा गर्ने स्थान, कार्यालयहरुमा निगरानी बढाउँदै बिचौलिया, गुण्डागर्दी, अपराधिक पृष्ठभूमिका व्यक्तिलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?