+
+
Shares
लेखा समितिको बैठक :

सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दका कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन

जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियालगायतसँग छलफल गरेपछि लेखा समिति सभापति भरतबहादुर खड्काले भने, ‘७ दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देश गर्दछु ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते ११:०२

८ मंसिर, काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्दबारेका कागजात ७ दिनभित्र उपलब्ध गराउन निर्देशन दिएको छ ।

समितिले यस विषयमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारीलगायतसँग छलफल गरेपछि यस्तो निर्देशन दिएको हो ।

समिति सभापति भरतबहादुर खड्काले भने, ‘७ दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देश गर्दछु ।’

कागजात प्राप्त भएपछि अध्ययन गरी थप छलफल अघि बढाइने सभापति खड्काले बताएका छन् ।

टेन्डरका सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरिएको र यो प्रक्रियासंगत रूपमा त्रुटिपूर्ण रहेको भनेर प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा उजुरी परेको छ ।

उजुरी प्राप्त भएपछि समितिले आजको बैठकमा छलफल थालेको हो । छलफलमा जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक दिनेश रजौरिया लगायत उपस्थित छन् । रजौरियाले ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय कानुनसम्मत रहेको दाबी गरेका छन् ।

बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका केही क्षेत्रमा गरी करिब १ लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याउने र २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसमेत रहेको आयोजनाको १३.३ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु २०८१ बैशाख २६ गते भए पनि त्यसपछि काम अघि बढेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?