८ मंसिर, काठमाडौं । सार्वजनिक लेखा समितिको बैठकमा सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाबारे छलफल सुरु भएको छ ।
टेन्डरका सबै प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरेको ठेक्का रद्द गरिएको र यो प्रक्रियासंगत रूपमा त्रुटिपूर्ण रहेको भनेर प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा उजुरी परेको छ ।
उजुरीकर्ताले ठेक्का रद्द गरेर अगाडि बढ्दा राज्यलाई नै घाटा हुने जिकिर गरेका छन् ।
उजुरी प्राप्त भएपछि समितिले आजको बैठकमा छलफल थालेको हो । छलफलमा जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक दिनेश रजौरिया लगायत उपस्थित छन् ।
आयोजनाले गत जेठ २५ गते प्रकाशित सूचनामार्फत सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि निर्माणका लागि बोलपत्र आह्वान गरेको थियो ।
तर, सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३(२) मा रहेको व्यवस्थाअनुसार गत कात्तिक दोस्रो साता उक्त ठेक्का रद्द गरिएको आयोजनाले जनाएको छ ।
सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको नयाँ ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेका बेला ठेक्का रद्द गरिएको भनेर उजुरी परेपछि संसदीय समितिले छलफल सुरु गरेको हो ।
प्रतिक्रिया 4