+
+
Shares

दुई दिनमा ५ हजार ३ सय बढ्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ८ गते १०:५६

८ मंसिर, काठमाडौं । अघिल्लो दिन प्रतितोला ४ हजार ८ सय रुपैयाँ बढेको सुन आज ५ सय रुपैयाँ बढेको छ । योसँगै दुई दिनमा सुनको मूल्य ५ हजार ३ सय रुपैयाँ बढेको छ ।

आज सुन प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँ मूल्य कायम भएको छ । अघिल्लो दिन २ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै चाँदीको भाउ आज तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ११० रुपैयाँ रहेको चाँदीको भाउ आज ३ हजार १४५ रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?