News Summary
Generated by OK AI. Editorially reviewed.- बुधबार सुनको मूल्य तोलामा ६ हजार ३ सय रुपैयाँ घटेर २ लाख ६० हजार ९ सय रुपैयाँ कायम भएको छ ।
- तिहारयता सुनको मूल्य २३ हजार ४ सय रुपैयाँ घटिसकेको छ, भने तिहारअघि प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो ।
- चाँदीको मूल्य पनि तोलामा ११० रुपैयाँ घटेर ३ हजार ३८० रुपैयाँमा झरेको छ ।
२ मंसिर, काठमाडौं । सुनको मूल्य घट्ने क्रम जारी छ । बुधबार अघिल्लो दिनको तुलनामा सुन तोलामा ६ हजार ३ सय रुपैयाँ घटेको छ ।
यो मूल्य घटेसँगै आजका लागि नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला २ लाख ६० हजार ९ सय रुपैयाँ कायम गरेको छ ।
तिहारयता सुनको मूल्य २३ हजार ४ सय रुपैयाँ घटिसकेको छ । तिहारअघि सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ३ सय रुपैयाँ थियो ।
त्यस्तै चाँदीको मूल्य आज तोलामा ११० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार ४९० रुपैयाँमा कारोबार भएको चाँदी आज ३ हजार ३८० रुपैयाँमा झरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4