+
+
Shares

जुवातास खेलिरहेका १२ जना पक्राउ

काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित एक गेष्ट हाउसमा जुवातास खेल्दै गरेको अवस्थामा १२ जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते १७:५३

६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका–१६ माछापोखरीस्थित एक गेष्ट हाउसमा जुवातास खेल्दै गरेको अवस्थामा १२ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा कृष्ण गुरुङ, जितबहादुर गुरुङ, नविन गुरुङ, समीर गुरुङ, अशोक शर्मा, अरुण खनाल, रामशरण केसी, च्यारी गुरुङ, हेमन्त गुरुङ, वीरबहादुर गुरुङ र डम्मरसिंह गुरुङ छन् । उनीहरूबाट एक लाख ९३ हजार १८५ रुपैयाँ र ४ बुक तास समेत बरामद भएको छ ।

प्रहरी वृत्त बालाजुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?