+
+
Shares

दाङको तुलसीपुरमा जुवातास खेलिरहेका १५ जना पक्राउ

दाङको तुलसीपुर उपमहानगरपालिका–५ मा जुवातास खेलिरहेका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते ९:०४

३० कात्तिक, घोराही । दाङको तुलसीपुर उपमहानगरपालिका–५ मा जुवातास खेलिरहेका १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

स्थानीय तेजबहादुर डाँगीको घरबाट गएराति साढे ११ बजे उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

जुवाखालबाट प्रहरीले नगद ५ लाख ३० हजार २४५ रुपैयाँ र १२ बुक तास पनि बरामद गरेको जनाएको छ । उनीहरूलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय तुलसीपुर दाङमा राखिएको छ ।

यसअघि यही कात्तिक २८ गते पनि दाङको घोराही उपमहानगरपालिका १८ नवलपुरस्थित बसन्त बुढाथोकीको घरमा जुवातास खेलिरहेका ९ जना र घोराही उपमहानगरपालिका १५ जानकी टोलस्थित भुपबहादुर डाँगीको घरमा जुवातास खेलिरहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?