+
+
Shares

कैलालीमा तीन वर्षमा जुवातास खेल्ने ५१३ समातिए, ४० लाख राजस्व संकलन

जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष २०८१/८२ देखि चालु वर्ष २०८३/८४ को हालसम्म जुवातास खेल्ने कार्यमा संलग्न ५१३ जनालाई पक्राउ गरी कानुनी कारबाही गरिएको जनाएको छ ।

जनक विष्ट जनक विष्ट
२०८३ कात्तिक १२ गते १७:५०

१२ कात्तिक, धनगढी । कैलालीमा प्रहरीले जुवातासमा संलग्न पाँच सय बढी व्यक्तिलाई पक्राउ गरेर मुद्दा चलाएको छ । जिल्ला प्रहरी कार्यालयले आर्थिक वर्ष २०८१/८२ देखि चालु वर्ष २०८३/८४ को हालसम्म जुवातास खेल्ने कार्यमा संलग्न ५१३ जनालाई पक्राउ गरी कानुनी कारबाही गरिएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले यो अवधिमा ५१३ जनालाई मुद्दा चलाएर करीब ४० लाख रकम बरामद गरिएको जानकारी दिए । उनकाअनुसार आर्थिक वर्ष २०८१/०८२ मा जुवाताससम्बन्धी ३३ मुद्दामा २८४ जनालाई पक्राउ गरिएको थियाे ।

उनीहरूको साथबाट १८ लाख ४२ हजार ६६६ रुपैयाँ नगद बरामद गरिएको डीएसपी तिमिल्सिनाले जानकारी दिएका छन् ।

यस्तै, आर्थिक वर्ष २०८२/०८३ मा २६ मुद्दा दर्ता भएका छन् । यी मुद्दामा जुवातास खेल्ने कार्यमा संलग्न २०१ जनालाई पक्राउ गरिएको छ भने १९ लाख रुपैयाँभन्दा बढी रकम बरामद गरिएको छ ।

चालु आर्थिक वर्ष २०८३/०८४ को साउनदेखि अहिलेसम्म जुवातासमा संलग्न २८ जना पक्राउ परिसकेका छन् । उनीहरुको साथबाट एक लाख ६७ हजार नगद बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार जिल्लामा दशैं–तिहारका बेला जुवातास खेल्न क्रम बढ्दो हुने गरेको छ । आर्थिक वर्ष २०८१/०८२ मा असोजमा र कार्तिकमा मात्र जुवातास खेल्ने २११ जनालाई पक्राउ गरि कारवाही गरिएको थियो । असोजमा १०८ र कात्तिकमा १०३ जना कारवाहीको दायरामा आएका थिए ।

प्रहरीले जुवाताससम्बन्धी गतिविधि नियन्त्रण गर्न निगरानी बढाइएको जनाएको छ भने जुवातास नखेल्न, नखेलाउन सबैमा अनुरोधसमेत गरेको छ ।

लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?