+
+
Shares

कैलालीमा अटो र मोटरसाइकल ठोक्किँदा सात जना घाइते, चार गम्भीर

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २७ गते २१:४०

२७ असोज, धनगढी । कैलालीको गोदावरीमा भएको सवारी दुर्घटनामा सात जना घाइते भएका छन् । उनीहरूमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ ।

गोदावरी नगरपालिका–४ को वनदेवी मन्दिर अगाडि सुपप्र ०१००१ ह ८६३३ नम्बरको अटो र सुपप्र ०१००९ प ९३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा अटो चालक गणेश आले, मोटरसाइकल चालक गोदावरी नगरपालिका–१ बस्ने निरज रावत, पछाडि सवार गोदावरी–४ लालपुर बस्ने ४६ वर्षीय भरत बुढा, अटोमा सवार चुरे गाउँपालिका–५ खानीडाँडास्थित ससुराली घर आएका ३१ वर्षीय भीमबहादुर महतरा गम्भीर घाइते गम्भीर घाइते भएका छन् ।

यस्तै, चुरे गाउँपालिका–५ निवासी ४० वर्षीय चन्द्रबहादुर राना, ३० वर्षीया श्रीमती मेनुका महतरा र उनका डेढ वर्षीय छोरा रिदम महतरा पनि घाइते भएका छन् ।

उनीहरूको धनगढीको निसर्ग हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनाग्रस्त अटो र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ, भने घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?