News Summary
Generated by OK AI. Editorially reviewed.- ललितपुरको गोदावरी नगरपालिका–६ भैंसेडाँडा रिसोर्ट र गोदावरी–५ चम्पेश्वरीस्थित घरबाट जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले १९ जनालाई पक्राउ गरेको छ।
- पक्राउ परेकाहरुबाट प्रहरीले ५ लाख ७३ हजार ६३५ रुपैयाँ र ५ बुक तास बरामद गरेको छ।
- जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ परेकाहरुमाथि अनुसन्धान अघि बढाएको छ।
३० कात्तिक, काठमाडौं । जुवा तास खेल्दै गरेको अवस्थामा प्रहरीले ललितपुरबाट १९ जनालाई पक्राउ गरेको छ ।
दुई फरक ठाउँबाट १९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले बताएको छ । गोदावरी नगरपालिका–६ भैंसेस्थित भैंसेडाँडा रिसोर्ट र गोदावरी–५ कै चम्पेश्वरीस्थित यमकुमार श्रेष्ठको घरबाट प्रहरीले १९ जनालाई पक्राउ गरेको हो ।
उनीहरुबाट ५ लाख ७३ हजार ६३५ रुपैयाँ र ५ बुक तास समेत बरामद भएको छ । पक्राउ परेकाहरुमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4