+
+
Shares

काठमाडौंबाट धनुषाका एक किशोर बेपत्ता

सेन्ट जेभियर्स कलेजमा कक्षा १२ मा अध्ययनरत यादव बुधबार बिहानदेखि परिवारको सम्पर्कमा नआएपछि आफन्तले खोजीका लागि अपिल गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १४:४२

३ मंसिर, जनकपुरधाम । धनुषाको शहीदनगर नगरपालिका–२, मतौनाका १८ वर्षीय चन्दन यादव काठमाडौंबाट बेपत्ता भएका छन् ।

सेन्ट जेभियर्स कलेजमा कक्षा १२ मा अध्ययनरत यादव बुधबार बिहानदेखि परिवारको सम्पर्कमा नआएपछि आफन्तले खोजीका लागि अपिल गरेका छन् ।

मामा सरोज यादवका अनुसार पर्व मनाउन घर आएका चन्दन पर्व सकिएपछि बुधबार बिहान करिब ६:१५ बजे काठमाडौं फर्किएका थिए ।

बसबाट ओर्लिएपछि बालकुमारी पुल क्षेत्रबाट ट्याक्सी चढेर शान्तिनगरस्थित आफ्नो कोठातर्फ जाने क्रममा उनी बेपत्ता भएको उनले बताए ।

ट्याक्सी चढ्नुअघि उनले आफ्ना भिनाजुसँग फोनमा कुराकानी गरेका थिए । त्यसपछि करिब १० मिनेटमा कोठा पुग्नुपर्ने भए पनि उनी कोठामा नपुगेको र त्यसयता परिवारसँग सम्पर्कविहीन रहेको मामा सरोजले बताए ।

चन्दनको खोजीका लागि बुधबार नै प्रहरीमा जानकारी गराएका छन् ।  तर, अहिलेसम्म उनी चढेको ट्याक्सी, चालक वा उनको अवस्थाबारे कुनै ठोस जानकारी प्राप्त हुन नसकेको परिवारको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?