+
+
Shares

उदितिको हातमा ‘सेफ्टी कार्ड’, कसको पल्टिनेछ पासा ?

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ३ गते १४:३२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘बिग बोस २०’को नयाँ हप्तामा उदिति सिंह फेरि घरको कप्तान बनेकी छन् र उनले नोमिनेशनमा परेका एक सदस्यलाई सेफ बनाउने अधिकार पाएकी छन्।
  • बिग बोसले उदितिलाई सबैभन्दा मन पर्ने र घरमा राख्नै नचाहने दुई सदस्य छान्न भनेपछि तीमध्ये एक जनाले आपसी प्रतिस्पर्धाबाट नोमिनेशनबाट मुक्ति पाउनेछ।
  • यस हप्ताको नोमिनेशनमा कनिका मान, लव गिल, माही विज, गुल्लू, आम्रपाली दुबे, काजी तौकीर, अरिश्फा खान, मनीष गोयल, यंग र स्काउट छन्।

‘बिग बोस २०’को घरमा कप्तान बन्नु भनेको कुर्सीमा बस्नु मात्र होइन, कहिलेकाहीँ एक जनाको भाग्य नै बदल्ने अधिकार पनि पाउनु हो ।

यसपटक त्यस्तै मौका पाएकी छन्,  उदिति सिंहले । नयाँ हप्ताको सुरुवातसँगै उदिति फेरि घरको कप्तान बनेकी छन् ।

कप्तान बनेलगत्तै उनको हातमा ठूलो अधिकार आएको छ । त्यो हो, नोमिनेशनमा परेका एक जना सदस्यलाई सेफ बनाउने ।

अब रमाइलो कुरा के छ भने, उदितिले आफूलाई मन पर्ने र मन नपर्ने दुई सदस्य छान्नुपर्नेछ ।

अनि यी दुईमध्ये हुने प्रतिस्पर्धाले तय गर्नेछ, आखिर कसले नोमिनेशनबाट मुक्ति पाउँछ ?

अर्थात्, उदितिले नाम त छान्नेछिन्, तर अन्तिम बाजी भने कसले मार्छ भन्ने उनको हातमा मात्र हुनेछैन ।

प्रोमोमा बिग बोसले उदितिलाई सोध्छन्, ‘सबैभन्दा मन पर्ने सदस्य को हो ? अनि, अर्को प्रश्न घरमा राख्नै नचाहने  सदस्यको नाम भन्नुहोस् ?’

यहीँबाट खेल झन् रोचक बन्छ ।

उदितिको ‘मोस्ट फेभरेट’मा अरिश्फा खानको नाम आउला भन्ने चर्चा छ । तर ‘लीस्ट फेभरेट’मा कसको नाम पर्ला ?

यही प्रश्नले अहिले दर्शकको उत्सुकता बढाएको छ ।

किनक,  उदितिले रोज्ने दुई नाममध्ये एक जनाले नोमिनेशनबाट बच्ने मौका पाउनेछन् । तर त्यसका लागि उनीहरूले आपसमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

यो हप्ता नोमिनेशनमा कनिका मान, लव गिल, माही विज, गुल्लू, आम्रपाली दुबे, काजी तौकीर, अरिश्फा खान, मनीष गोयल, यंग र स्काउट छन् ।

अब यीमध्ये कसको नाम उदितिको रोजाइमा पर्छ ?

र, सबैभन्दा ठूलो कुरा के छ भने उदितिले जसलाई बचाउन चाहन्छिन्, के त्यही सदस्य साँच्चै सेफ हुन सक्ला ?

कप्तान उदितिको हातमा आएको यो पावरले अब घरको खेलमा कसको पासा पल्टाउँछ, हेर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?