News Summary
Generated by OK AI. Editorially reviewed.- युवा, श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रिय युवा परिषद्का लागि २० नयाँ सदस्य नियुक्त गरेको छ ।
- श्रममन्त्री तथा परिषद् अध्यक्ष रामजी यादवले आज १७ सदस्यलाई शपथ ग्रहण गराएका छन् ।
- यसअघि १९ वैशाख २०८३ देखि लागु हुने गरी २५ सदस्य पदमुक्त भएका थिए ।
१३ मंसिर, काठमाडौं । राष्ट्रिय युवा परिषद्मा २० नयाँ सदस्य नियुक्त भएका छन् ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले युवा वृद्धि विकास तथा युवा हकहितका लागि भन्दै ती सदस्य नियुक्त गरेको हो ।
नियुक्त सदस्यलाई श्रममन्त्री तथा राष्ट्रिय युवा परिषद् अध्यक्ष रामजी यादवले १७ सदस्यलाई शपथ ग्रहण गराएका छन् ।
आज शपथ ग्रहण गरेका १७ जनामा सुशीला चौधरी, रितेश अधिकारी, मो. नाइम राईन, राजेन्द्र अधिकारी, सरफोज खान, अलिया हक, पासाङडोल्मा गुरुङ, सञ्जिता श्रेष्ठ, सबनम सुनार, प्रेमलक्ष्मी मल्ल, नेत्रबहादुर सिंह तामाङ, सेसेल्स राई, सफल शर्मा, निश्चल चन्द, लक्ष्मी पाण्डे, बिना मल्लिक र जेलिसा कठायत छन् ।
यसअघि मन्त्री यादवले २६ भदौमा परिषद् सदस्यमा रवेन्द्रविक्रम शाह, कृष्ण सुनार र विद्या विष्टलाई नियुक्त गरेर शपथ ग्रहण गराएका थिए ।
राष्ट्रिय युवा परिषद् ऐन २०७२ अनुसार मन्त्री तथा राज्यमन्त्रीको अध्यक्षता रहने गरी ३५ सदस्यीय युवा परिषद् रहने व्यवस्था छ । जसमा अध्यक्ष श्रम मन्त्रालयका मन्त्री वा राज्यमन्त्री, उपाध्यक्षमा नेपाल सरकारले नियुक्त गरेको व्यक्ति, ८ जना विभिन्न मन्त्रालयका सचिव, युवासम्बन्धी विभिन्न संघसंस्थाबाट प्रतिनिधित्व हुने गरी ४, युवा हकहित संरक्षण र सम्बर्द्धनमा विशेष योगदान पुर्याएका युवामध्येबाट आदिवासी/जनजाती, मधेसी, दलित, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक समुदाय वा पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने गरी १५ र उद्योग, श्रम, कृषि, खेलकुद लगायत क्षेत्रबाट प्रतिनिधित्व हुने गरी ६ सदस्य रहने व्यवस्था छ ।
यसअघि सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धि विशेष व्यवस्था गर्न बनेको अध्यायदेश २०८३ जारी भएपछि १९ वैशाख २०८३ देखि लागु हुने गरी २५ सदस्य पदमुक्त भएका थिए ।
प्रतिक्रिया 4