+
+
Shares

नेपाल मत्स्य समाजमा नयाँ नेतृत्व चयन

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १०:२७

१२ मंसिर, काठमाडौं । नेपाल मत्स्य समाजमा नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनले युगल किशोर तिवारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।

कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीको प्रमुख आतिथ्यता र समाजकी अध्यक्ष डा. सुनिला राईको अध्यक्षता सातौँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो ।

कार्यक्रममा मत्स्यपालन क्षेत्रसँग सम्बन्धित ६० जनाभन्दा बढी विज्ञ, प्राध्यापक, प्रसार तथा अनुसन्धानमा संलग्न सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री चौधरीले मत्स्यपालन व्यवसाय कृषकको जीविकोपार्जन र आयआर्जनका साथै मानव स्वास्थ्यसँग समेत प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण क्षेत्र भएको बताइन् ।

उनले मत्स्यपालन क्षेत्र सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै यस क्षेत्रमा देखिएका चुनौती तथा समस्याहरूको समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताइन् ।

राजर्षि जनक विश्वविद्यालयका उपकुलपति डा. श्याम नारायण लाभ तथा पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहाललगायतले मत्स्यपालन क्षेत्र सरकारको प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?