+
+
Shares

राष्ट्रपति डोनाल्ड ट्रम्पले सेयर गरे ‘द गडफादर’ शैलीको ‘भिटो कोर्लियोन’ मिम

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते ९:३९

१३ मंसिर, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चित चलचित्र ‘द गडफादर’ को मुख्य पात्र भिटो कोर्लियोनको शैलीमा तयार पारिएको एक राजनीतिक मिम सार्वजनिक गरेका छन्। ट्रम्पले यो तस्वीर थ्याङ्क्सगिभिङका दिन सार्वजनिक गरेका हुन् ।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा ‘भिटो कोर्लियोन’ शीर्षकको उक्त ग्राफिक सेयर गरेपछि यसले सामाजिक सञ्जाल र समाचार माध्यमहरूमा विभिन्न प्रतिक्रिया जन्माएको छ।

के छ तस्बिरमा ?

श्यामश्वेत रङको उक्त ग्राफिकमा ट्रम्पलाई ‘टकसेडो’ सुटमा सजिएर काखमा बिरालो राखेको अवस्थामा देखाइएको छ । जुन चलचित्रको पात्र भिटो कोर्लियोनको हुबहु नक्कल हो। तस्बिरमा उनले कागजातहरूको थुप्रोमाथि रातो रङको ‘VETO’ (भिटो) लेखिएको छाप समातेको देख्न सकिन्छ।

राजनीतिक सन्देश

सञ्चारमाध्यम र विश्लेषकहरूका अनुसार, ट्रम्पले चलचित्रको काल्पनिक माफिया पात्रको नाममा शब्दजाल प्रयोग गर्दै अमेरिकी कङ्ग्रेसका विधेयकहरू रोक्न सक्ने आफ्नो राष्ट्रपतीय ‘भिटो शक्ति’ लाई सङ्केत गरेका छन्।

उक्त तस्बिर सार्वजनिक भएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले चलचित्रकै चर्चित संवादलाई तोडमोड गर्दै ‘म कङ्ग्रेसलाई यस्तो विधेयक बनाइदिनेछु जुन उसले पारित गर्न सक्नेछैन’ जस्ताव्यंगयात्मक टिप्पणीहरूसमेत सेयर गरेका छन्।

ट्रम्पले विगतमा ‘द गडफादर’ का संवादहरू पनि प्रत्यक्ष उद्धृत गरेका छन्। सन् २०१९ मा न्युजनेसनका प्रस्तोता क्रिस कुओमोलाई कोर्लियोनको कायर माइलो छोरा फ्रेडोसँग तुलना गरेर उनले कुओमोलाई क्रोधित बनाएका थिए। कुओमोले उक्त अपमान सम्पूर्ण इटालेली-अमेरिकीहरू विरुद्धको गालीसरह भएको तर्क गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?