+
+
Shares

सर्लाहीमा एक युवक मृत फेला, युवती पक्राउ

हरिपुर्वा नगरपालिका–९, बगेवा गाउँका २० वर्षीय अमित चौधरीको मृत फेला परेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते ८:१४
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सर्लाहीको लालबन्दी नगरपालिका–५ स्थित पुरानो राजमार्गको एक कोठामा हरिपुर्वा नगरपालिका–९ का २० वर्षीय अमित चौधरी बिहीबार साँझ मृत फेला परे।
  • अचेत अवस्थामा भेटिएका चौधरीलाई मोडेल अस्पताल लालबन्दी पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ।
  • मृत्युको कारण खुल्न नसकेको चौधरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको छ, र प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

४ मंसिर, सर्लाही । सर्लाहीको लालबन्दीमा एक युवक मृत फेला परेका छन् ।

हरिपुर्वा नगरपालिका–९, बगेवा गाउँका २० वर्षीय अमित चौधरीको मृत फेला परेका हुन् ।

बिहीबार साँझ लालबन्दी नगरपालिका–५ स्थित पुरानो राजमार्गमा रहेको एक कोठामा उनी अचेत अवस्थामा भेटिएका थिए ।

उनलाई तत्काल उपचारका लागि मोडेल अस्पताल लालबन्दी पुर्‍याइएको थियो ।

अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।

चौधरीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याइएको छ । उनको मृत्युको कारण खुल्न सकेको छैन ।

घटनाबारे थप अनुसन्धान गर्न प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?