+
+
Shares

हरिबोधिनी एकादशीमा रेसुङ्गा धाममा भव्य मेला, दुई पालिकामा सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ४ गते ७:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हरिबोधिनी एकादशीका अवसरमा गुल्मीको रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले आज सार्वजनिक बिदा दिएका छन्।
  • रेसुङ्गा धाममा एकादशीको मेला र पूजा–अर्चनाका लागि बिहानैदेखि गुल्मी, पाल्पा र स्याङ्जाबाट भक्तजनहरूको भिड लागेको छ।
  • रेसुङ्गाको पोखरीमा स्नान गरे पाप नष्ट हुने धार्मिक विश्वासका आधारमा श्रद्धालुहरू मेला अवलोकन र स्नानका लागि पुगेका छन्।

४ मंसिर, गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकामा आज सार्वजनिक बिदा दिएका छन् ।

हरिबोधिनी एकादशीको अवरसमा दुई स्थानीय तहले आज सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।

रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पन्थ र गुल्मीदरबार अध्यक्ष सरोजकुमार थापाद्धारा हस्ताक्षरित सार्वजनिक सूचनामा एकदशीमा एकदिन रेसुङ्गामा ठूलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय उल्लेख गरिएको छ ।

एकादशीको दिन जिल्लाको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थल रेसुङ्गामा ठूलो मेला लाग्ने गर्दछ ।

रेसुङ्गा धाममा दर्शनार्थीको भिड

हरिबोधिनी एकादशीको अवसरमा गुल्मीको धार्मिक स्थल रेसुङ्गामा विशेष मेला तथा पूजा–अर्चनाका लागि भक्तजनहरूको ठूलो भिड लागेको छ ।

प्रत्येक वर्षझैं यस वर्ष पनि हरिबोधिनी एकादशीको दिन रेसुङ्गा धाममा मेला लाग्नुका साथै स्नान र पूजा गर्न श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको हो ।

रेसुङ्गाको पोखरीमा स्नान गरे पाप नष्ट हुने धार्मिक विश्वास रही आएको छ । यही मान्यताका आधारमा गुल्मी मात्र होइन, छिमेकी जिल्ला पाल्पा, स्याङ्जा लगायत क्षेत्रबाट समेत श्रद्धालुहरू रेसुङ्गा धाम पुग्ने गरेका छन् ।

धार्मिक, ऐतिहासिक तथा पर्यटकीय महत्त्व बोकेको रेसुङ्गा क्षेत्रमा बिहानैदेखि भक्तजनहरू पूजा–अर्चना र मेला अवलोकनका लागि पुगेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?