+
+
Shares

पाँचथरको तुम्बेवाको सडक उद्घाटन

कोशी प्रदेश सरकारको पूर्वाधार कार्यालय पाँचथरले तमोर करिडोरदेखि १४.९० ९ किलोमिटर सडक कालोपत्रे गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १३ गते १४:४९

१३ मंसिर, पाँचथर । तमोर करिडोरको लखुवादोभानदेखि तुम्बेवा गाउँपालिकाको मौवा बजारसम्मको सडक जोड्ने कालोपत्रे सडक उद्घाटन भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मौवा बजारमा सडक उद्घाटन गरेका हुन् ।

तमोर करिडोरबाट गाउँपालिकाको केन्द्रसम्मको सडक कालोपत्रे भएको हो । कोशी प्रदेश सरकारको पूर्वाधार कार्यालय पाँचथरले तमोर करिडोरदेखि १४.९० ९ किलोमिटर सडक कालोपत्रे गरेको हो ।

५२ करोड ७३ लाख ३७ हजार रुपैयाँ खर्चिएर यो सडक कालोपत्रे गरिएको हो पूर्वाधार कार्यालय पाँचथरका प्रमुख शैलेन्द्र कुमार सिंहले जानकारी दिए । खरिढुङ्गा/ गोल्मेश्वर जेभी भक्तपुरले २०७० चैत २१ गते ठेक्का सम्झौता गरेको थियो ।

लखुवा दोभान मौवा सडक कालोपत्रे र तमोर करिडोरका सडकका कारण फिदिम र तराइको यात्रा सहज भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?