+
+

थप १७ जनामा कोरोना संक्रमण, दुई महिने शिशु पनि संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २४ गते १७:१२

२४ वैशाख, काठमाडौं । नेपालमा थप १७ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित थपिएका छन् । उनीहरुमध्ये एक जना दुई महिने शिशु पनि रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या  मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार संक्रमितहरु वीरगञ्जका हुन् । संक्रमित हुनेमा १० जना पुरुष र ७ जना महिला रहेका छन् ।

उनीहरू आइतबार भेटिएका वीरगञ्ज महानगरपालिका-३ छपकैयास्थित त्यही परिवारका ३६ वर्षीय पुरुषका परिवारका सदस्यहरू हुन् ।

थपिएका संक्रामितहरूलाई उपचारका लागि नारायणी अस्पताल ल्याउने तयारी छ ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?