+
+

रुसमा कोरोनाबाट एकैदिनमा मृत्यु हुनेको संख्या हालसम्मकै उच्च

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ११ गते १९:१५

११ जेठ, काठमाडौं । रुसमा कोरोना भाइरस (कोभिड-१९) बाट एकै दिनमा मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च बनेको छ । आइतबार रुसको कोरोना भाइरस क्राइसिस  रेस्पोन्स सेन्टरले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १५३ जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । यससँगै रुसमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार ५४१ पुगेको छ ।

त्यस्तै रुसमा पछिल्लो २४ घण्टामा रुसमा आठ हजार ५९९ नयाँ संक्रमित थपिएका छन् । यससँगै रुसमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन लाख ४४ हजार ४८१ पुगेको छ । रुसमा पछिल्लो २४ घण्टामा थपिएका नयाँ संक्रमितको संख्या अघिल्लो दिनको भन्दा कम हो ।

संक्रमित संख्याको हिसाबमा रुस अमेरिका र ब्राजिलपछि तेस्रो सबैभन्दा प्रभावित मुलुक हो ।

स्रोत : रोयटर्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?