+
+

विराटनगरको सुधार गृहमा युवकको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १९ गते १४:३८

१९ जेठ, विराटनगर । विराटनगरमा रहेको पूर्वाञ्चल बाल सुधार गृहमा कैद भुक्तान गरिरहेका एक युवकको मृत्यु भएको छ ।

कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका ताप्लेजुङको मौवाखोला गाउँपालिका ४ घर भएका १८ वर्षका विनम साँवाको मृत्यु भएको हो ।

उनी मृगौला रोगी रहेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी मानबहादुर राईले बताए । शनिबार स्वास्थ्य समस्या देखिएपछि युवकलाई विराटनगरको नोबेल मेडिकल कलेजमा भर्ना गरिएको थियो । आइतबार बिहान उनको मृत्यु भएको हो ।

मृतक साँवा २६ पुसबाट पूर्वाञ्चल बाल सुधार गृहमा कैद भुक्तान गरिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?