
२८ जेठ, काठमाडौं । सीमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरूलाई क्वारेन्टिनस्थलमा लिएर जाँदै गरेको टिपर कालीकोटमा दुर्घटना भएको छ । ना८ख ५१३३ नम्बरको टिपर बुधबार नरहरीनाथ गाउँपालिकामा दुर्घटना भएको हो ।
हालसम्म दुई जनाको मृत्यु भएको र चार जना घाइते भएको प्रदेश प्रहरी प्रमुख वसन्त पन्तले जानकारी दिए । टिपरमा ३९ जना सवार थिए ।
भारत र रामेछापबाट भित्रिएकाहरूलाई जिल्लाकै होल्डिङ सेन्टरमा राखेर त्यहाँबाट क्वारेन्टिनमा राख्न रास्कोट नगरपालिका लैजाँदै गर्दा टिपर दुर्घटना भएको हो ।
घटनास्थलमा प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरे र जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी पुगेका छन् । दुर्घटनास्थलमा नेपाली सेना र प्रहरीहरूको टोली उद्धारमा खटिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4