
८ असार, वीरगञ्ज । प्रदेश २ मा थप १ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार १४ जना महिला र ११४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार सर्लाहीमा ४७, रौतहट ३४, सिराहा २३, सप्तरीमा १३, धनुषामा १० र महोत्तरीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
केन्द्रीय प्रयोगशालासहित तीन वटा ल्याबमा गरिएको परीक्षणका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सर्लाहीमा संक्रमण पुष्टि भएका मध्ये ईश्वपुरका ३२ जना छन् । यसैगरी पीएचसी क्वारेन्टिनका १३ जना र २ जना होम क्वारेन्टिनमा बसेका व्यक्तिहरुमा पनि संक्रमण पुष्टि भएको छ ।
सिराहाको एसएसएम बहुमुखी क्याम्पस क्वारेन्टिनका २२ जना र ठेगाना नखुेको थप एक जनामा संक्रमण देखिएको छ । रौतहटको गौर अस्पतालमा रहेका ३३ जना र लौकाहास्थित आइसोलेसनमा बसेका थप १ जनामा संक्रमण पुष्टि भएको हो ।
सप्तरीको कंकालिनीका २ जना, राजगढका ७ जना, बालनबिहुलका ४ जना, धनुषाको नगराइन क्वारेन्टिनका ३ जना, धनौजीको ३ जना र दुहबी क्वारेन्टिनका ४ जना, महोत्तरीको पिपरा क्वारेन्टिनका १ जनामा संक्रमण पुष्टि भएको हो ।
प्रतिक्रिया 4