+
+

त्यो अद्‍भूत विहान

विशाल सुवेदी विशाल सुवेदी
२०७७ असार १९ गते २०:२५

अरु रातजस्तै त्यो रात पनि

दुनियाँले दिएका बाधाहरु, आफन्तले गरेका तिरस्कारहरु

सम्झेर मन रोएथ्यो।

नैराश्य र वेदनाले छिनछिनमा स्वास अड्काइदिंदा

हावाको अस्तित्व धिक्कार लागेथ्यो।

नाकाम हुनुको पीडाले हरदम शरीर जलिरहँदा

सूर्योदय नै नहोस जस्तो भएथ्यो ।

 

हठात्, विहान भने फरकगरि आयो

कहिल्यै नआएको आयो

मानौं प्रलय चलिरहेको एक विश्व

अचानक सुन्दर लयमा फर्केको थियो

सम्पूर्ण परिवेश एकाकार भएको थियो ।

 

अनपढ माताले स्नेहले

‘आ-आफ्नो सुपथले गर्ने हो खाने हो’ भन्दै गर्दा

भ्रान्तिहरु मेटिएर जीवन छर्लङ्ग बनेजस्तो भएथ्यो

यही भूखण्डमा आदिकालदेखि फुलेको आत्मज्ञान

माताको बोलिमै जो बसेको थियो ।

 

जीवन र जगतको पाठ सिकाइरहेजस्तो

भ्राताको त्यो भव्य ब्यक्तित्व,

न कहिल्यै पराजय र पीडाका शृंखलाहरुले

ओंठको सदाबहार मुस्कानलाई आँसु बनाइ बगाउनै सक्थे

न कहिल्यै धोकाधडि र कपटका प्रहारहरुले

पहरे छातिलाई डगमगाउनै सक्थे

त्यो विहान, भ्राताका पाउको धुलो शीरमा दलुँझैँ लागेथ्यो

धन्य बाल्मिकि, लेखि दियौ हाम्रै त्रिवेणीमा

हजारौ वर्ष पहिल्यै कथा राम-लखनको ।

 

पलपल शक्ति बाँडिरहेझैं बगिरहेको उषा किरण

सृष्टिको विवरण दिइरहेझैं विचरण गरिरहेको हावा

असिमित प्राणहरु भरिरहेझैं सुसाइरहेको रुख

सह–अस्तित्वको आदिम भाका गाइरहेको चरा

त्यो विहान,

ब्रह्माण्डकै सुन्दरतम रचनाझैं प्रस्तुत थिए

मानौं बिग-ब्याङ्गदेखि अहिलेसम्म मेरै निम्ति सृजित थिए ।

 

साँच्चै त्यो फरकगरि आएको

अद्भुत विहान थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?