+
+

श्रीमतीलाई खुर्पाले हानेर युवकले गरे आत्महत्या

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन ११ गते १३:१२

११ साउन, काठमाडौं । चितवनको माडीमा घरायासी विवादका क्रममा श्रीमतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएर एक पुरुषले आत्महत्या गरेका छन्

इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक हर्कबहादुर विश्वकर्माका अनुसार गएराति एकआपसमा झगडा गर्ने क्रममा श्रीमतीलाई खुर्पाले हानेर घाइते बनाएका ३३ वर्षीय धने विकले आइतबार बिहान आफ्नै घरमा झुन्डिएर आत्महत्या गरेका हुन् ।

माडी नगरपालिका–९ प्याउलीका विकले २९ वर्षीया श्रीमती शोभा विकलाई विवादका क्रममा खुर्पा प्रहार गरेको उनले बताए ।

‘विवादका क्रममा धनेले श्रीमतीलाई खुर्पाले प्रहार गर्न खोजेका रहेछन् । सो क्रममा रोक्न खोज्दा श्रीमतीको हातका औंला तथा कुहिनामा चोट लागेको रहेछ,’ प्रहरी निरीक्षक विकले भने, ‘श्रीमानले कुट्न थालेपछि उनी नजिकै माइतमा गएर बसेकी रहेछिन् । बिहान उठेर प्रहरीमा उजुरी गर्छु भनेको थाहापाएपछि उनी झुन्डिएको हुन सक्छ ।’

घाइते अवस्थामा रहेकी शोभाको प्राथमिक स्वास्थ्य चौकीमा उपचार गरिएको उनले बताए ।
मृतक धनेको शवको मुचुल्का तयार गरी पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विकले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?