+
+

कर्मचारी सञ्चय कोषका ऋणीहरुले कनेक्ट आइपिएसमार्फत भुक्तान गर्नसक्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन १२ गते २०:२९

१२ साउन, काठमाडौं । माछापुच्छ्रे बैंक र कर्मचारी सञ्चय कोषबीच कर्मचारी सञ्चय कोषका ऋणीहरुले लिएको ऋणको सावा तथा ब्याज कनेक्ट आइपिएस मार्फत भुक्तान गर्नसक्ने गरी सहमति भएको छ।

उक्त सम्झौता पत्रमा माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक विश्वम्भर न्यौपाने तथा कर्मचारी सञ्चय कोषको तर्फबाट चिफ म्यानेजर अर्जुनकुमार गौतमले हस्ताक्षर गरेका थिए।

भुक्तानी गर्न ऋणीहरूले कनेक्ट आइपिएस अनलाईन पोर्टलमा लग इन गरेपछि गभरमेन्ट पेमेन्टअन्तर्गत कर्मचारी संचयकोषको आइकनमा क्लिक गरेर भुक्तानी प्रक्रिया सुरु गर्नसक्ने बताइएको छ।

नयाँ व्यवस्थाअनुसार बैंक नगई विद्युतीय माध्यमबाट उक्त किस्ता रकम सजिलै भुक्तानी गर्न सकिने छ।

माछापुच्छ्रे बैंकले १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल, १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मेसिनमार्फत् सेवा दिदैं आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?