
वर्तमानमा कतिपय आफूलाई आधुनिक भन्नेहरू र आफूलाई शिक्षितमा गन्नेहरू रामको कुरा निस्क्यो भने नाक खुम्च्याउँदै पाण्डित्य प्रदर्शन गर्न थाल्छन् र भन्छन्( राम कुनै आदर्श पुरुष होइनन् । लुकेर वालीको हत्या गर्ने, पत्नीको विश्वास नगरेर अग्निपरीक्षा लिने र सामान्य धोबीका कुरा सुनेर गर्भवती अवस्थामा रहेकी पत्नीलाई परित्याग गरेर जङ्गल पठाउने रामलाई कसरी आदर्श पुरुष मान्ने रु फेरि कोही कोही त कहाँसम्म भन्न भ्याउँछन् भने राम कुनै ऐतिहासिक पात्र नै होइनन्।
यो सानो लेखमा हामी यिनै कुराका वरिपरि रहेर छलफल गर्नेछौं । आधुनिकताको आडम्बरले रङमगिँदा रङमगिँदै पनि कुनै मिलेको जोडी देख्नासाथ हाम्रा मुखबाट अनायास वाक्य फुत्कन्छ( आहा राम र सीताको जोडीजस्तो। हामी आफ्नो राज्यलाई जहिले पनि रामराज्य जस्तै बनोस् भन्ने कामना गर्छौं। जब दाजुभाइबीचको अगाध मायाको उदाहरण दिनुपर्छ तब फेरि उनै राम हाम्रा अगाडि आउँछन् । भन्छौं( दाजुभाइका बीचमा प्रेम होस् त रामलक्ष्मणको जस्तो होस् १ छोरालाई कर्तव्यको पाठ सिकाउन मन लाग्दा उनै रामको सम्झना आउँछ ।
वास्तवमा राममाथि धेरै अन्याय भएको छ । यो अन्याय महापण्डितहरूले रामकथा सुनाउँदा हाम्रा दिमागमा भरेका कुराहरूका कारण भएको हो । त्यसैले हामीले रामको पीडालाई आत्मसात गर्न सकिरहेका छैनौं । उनले आफूलाई पीडामा होमेर पनि आदर्श र प्रेमको रक्षा गरेको कुरा हाम्रा पूर्वाग्रह पीडित दिमागमा घुस्न सकिरहेको छैन।
हाम्रा पौराणिक ऋषिहरूका दृष्टिमा राम यत्तिकै आदरणीय र पूजनीय बनेका होइनन् । उनलाई यत्तिकै मर्यादा पुरुषोत्तम भनिएको पनि होइन । उनी वास्तवमै मर्यादा पुरुषोत्तम हुन् । प्रेम र आदर्शका प्रतीकका रूपमा कसैलाई रोज्नुपर्दा रामबाहेक अर्को पात्र फेला पार्नै सक्दैनौं।
जब पिता दशरथले कैकेयीलाई दिएको वचन पूरा गर्न रामलाई १४ वर्ष वनवास जानुपर्ने भयो, तब रामले आफ्ना पिताको बाध्यता बुझेर कत्ति पनि विचलित नभई आज्ञापालन गर्ने निश्चय गर्छन् । कैकेयीको षड्यन्त्र र पिताको लाचारीसँग लक्ष्मण रिसाउन खोज्दा पनि रामले भाइलाई सम्झाएको घटना कम्ती मार्मिक छैन। उनी हर ठाउँमा प्रेम र आदर्शका प्रतीक बनेर उभिएका देखिन्छन् ।

वनवासका १३ वर्ष पूरा हुनै लागेका बेला रामकी पत्नी सीताको अपहरण भयो । उनी र लक्ष्मण सीताको खोजीमा हिँडे । बाटामा जोजो भेट्थे सोध्थे, भेटेकामध्ये धेरैले दक्षिण दिशातिर सङ्केत गर्थे । हिँड्दै जाँदा पखेटा काटिएको जटायू भेट भयो। जटायूले रावणले अपहरण गरेर लगेको कुरा सुनायो । झण्डै ३००० किमी पर हिँड्दै गएर अनि समुद्र तरेर लङ्का पुगी महाबली रावणलाई परास्त गरी सीतालाई फिर्ता ल्याउनु दुई दाजुभाइका लागि सोच्दै असम्भव लाग्ने कुरा थियो। उनीहरू आफ्नो राज्यबाट निर्वासित जीवन गुजार्दै थिए। लानेले लगिसक्यो। त्यो पनि त्यति पर। भइहाल्यो अब फर्कौं । अरू वर्ष दिन गुजारेर १४ वर्ष पुगेपछि दरबार जाउँला । अर्कै बिहे गरेर घरजम गरौंला । यो असम्भवप्रायः काममा नलागौुं रामले एस्तो सोचेनन् । उनी आदर्श पति थिए, सीतालाई अगाध माया गर्थे । झण्डै साठी दिन लगाएर किष्किन्धा पुगे । अहिलेका हामी धेरै कठोर भइसकेका छौं । मायालाई नाफा घाटाको तराजुमा जोख्न खोज्छौं, त्यसैले राम बुझ्दैनौं । रामको पीडा बुझ्दैनौं ।
रामले किष्किन्धा पुगेपछि धेरैका मुखबाट वालिको ज्यादति सुने । वाली निकै बलवान् भएको र आमनेसामने भएर लड्दा जित्नै नसकिने रहस्य पनि सुने । भाइ सुग्रीवको राज्य र सुग्रीव पत्नी दुवै बलजफ्ती कब्जा गरेको पनि थाहा पाए । सुग्रीव कमजोर र अन्यायबाट पीडित भएको पनि बुझे । बलियो वालीलाई साथ लिएको भए रावणलाई जित्न धेरै सजिलो पर्ने अवस्था हुँदाहुँदै पनि अन्यायमा परेका कमजोरका पक्षमा उभिए । वालीलाई लुकेरै भए पनि मार्नुमा न्याय देखे ।
८४ दिन रावणसँग युद्ध भयो । रावणलाई जितेपछि लक्ष्मणले रामलाई त्यही सुनैसुनको वैभवशाली लङ्कामा राजा भएर बस्न सुझाए तर रामले मानेनन् । रामले लक्ष्मणलाई भने-
अपि स्वर्णमयी लङ्का न मे लक्ष्मण रोचते ।
जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी ॥
हे लक्ष्मण मलाई यो सुनैसुनले भरिएको वैभवले सम्पन्न लङ्का पनि प्रिय लाग्दैन । ९हाम्रा लागि० जन्मभूमिरूपी आमा स्वर्गभन्दा पनि महान् हुन् । रामका यी वाणीको प्रभाव अहिले संसारभरि परेको छ। जन्मभूमिलाई प्रेम गर्न हामीले रामबाटै सिकेका हौं ।
अयोध्या फर्कने क्रममा रामका मनमा आफ्नी प्रिय सीतालाई लिएर एउटा प्रश्न उब्जियो(सीतालाई यत्तिकै लिएर जाने हो भने अबुझहरूले सीताको कुरा काट्ने छन् । कुरा काटेको सीताले सुनिन् भने कति पीडित होलिन् रु त्यसैले रामलाई अयोध्या फर्कनुभन्दा अगाडि सबैका सामुन्ने सीताको पवित्रता देखाउने रहर भयो । बडो सुझबुझपूर्वक ठूलो परीक्षा ९अग्निपरीक्षा० को आयोजन गरे । सीतालाई परीक्षाबाट सफल भएको सबैकासामु देखाए।
रावणलाई जितेर अयोध्या फर्किएपछि राम अयोध्याका राजा बनेर देशको सेवामा जुटे । केही वर्षपछिको एउटाशिशिर ऋतु सकिनै लाग्दा सीताको पेट बढेको देखेर रामले सीता गर्भवती भएको लख काटे र भने-
दृष्ट्वा तु राघवः पत्नीं कल्याणेन समन्विताम् ।
प्रहर्षमतुलं लेभे साधु साध्विति चाब्रवीत् ।। ७।४२।२९ ।।
किमिच्छसि वरारोहे कामः किं क्रियतां तव ।
स्मितं कृत्वा तु वैदेही रामं वाक्यमथाब्रवीत् ।। ७।४२।३१ ।।
तपोवनानि पुण्यानि द्रष्टुमिच्छामि राघव ।
गङ्गातीरोपविष्टानामृषीणामुग्रतेजसाम् ।। ७।४२।३२ ।।
हे सीता १ तिमीमा गर्भधारणका सबै लक्षण स्पष्ट देखेर मेरो मन खुसीले भरिएको छ, तिमीलाई हृदयदेखि नै बधाई छ । यो खुसियालीमा मनमा लागेको कुरा माग, म जसरी पनि पुर्याउँछु । रामका यस्ता प्रेमले भरिएका वचन सुनेर सीताले गङ्गाका तीरमा अवस्थित आश्रमको अवलोकन गर्ने र ऋषिहरूलाई फलफूल खुवाउने इच्छा व्यक्त गरिन्।
तर त्यसको लगत्तै एउटा अकल्पनीय घटना घट्यो । राजा राम छद्मभेषमा जनताका समस्या बुझ्दै हिँड्दा एउटा धोबीका घर नजिकै पुगे । धोबीले आफ्नी पत्नीलाई गरेको गालीउनका कानमा पर्यो-म रामजस्तो होइन जसले रावणले हरण गरेर लगेकी सीतालाई पनि रानी बनाएर राख्छन् । तँ परपुरुषसँग हिँडेको थाहा पाउनासाथ तँ मेरा लागिमरी सकिस् । म तँलाई अब यो घरमा पत्नी बनाएर एक पल पनि राख्न सक्दिनँ । यो सुनेर राम व्यथित भए । चुपचाप दरबार फर्किए । भोलिपल्टै सल्लाहकारहरूको भेला डाके । सीताका बारे जनताको अभिमत जान्न खोजे । केही जनताले कुरा काट्ने गरेको थाहा पाए । जनताका दृष्टिमा दरबारले आस्था गुमाउनुलाई ठूलो समस्या ठाने । त्यसका लागि स्वयंको मुटु झिक्न तयार भए तर कुरा काट्ने जनतालाई सजायँ दिने बारेमा कत्ति पनि सोचेनन् । अहिलेका जस्तै शासक हुन्थे भने अथवा रामका ठाउँमा रावण हुन्थे भने केधोबी तथा कुरा काट्ने मुट्ठीभर जनतालाई बाँकी राख्थे रु त्यसैले त हामी रामराज्यको कामना गर्छौं ।
उनले दरबारलाई जनताका दृष्टिमा गिर्न नदिन सीतालाई परित्याग गरी सीतालाई उनैले मन पराएको तमसा र गङ्गाका किनारमा अवस्थित वाल्मीकि आश्रममा पठाउने निधो गरे । सीतासँग अलग भएका ती दिनहरूमा पत्नीलाई नसम्झेका उनका कुनै पल हुँदैनुथे ।
राम एकपत्नीव्रत थिए । यो पनि रामबाट हामीले सिकेको अर्को प्रमुख आदर्श हो । बहुविवाह गर्ने अनगिन्ती ऐतिहासिक पात्रहरू छन् तर हामीलाई तिनीहरूको आदर्श मनासिब लागेन।रामका समयमाराजा(महाराजाहरूले बहुविवाह गर्ने सर्वमान्य प्रचलन जस्तै थियो। आफ्नै पिता दशरथका तीनतीन श्रीमती थिए। तर रामले सीतासँग अलग भएर बस्दा पनि बिहे गर्ने बारेमा सपनामा पनि सोचेनन् ।
सीताप्रति को मायालाई कहिल्यै घट्न दिएनन्।सीतालाई परित्याग गरेर वाल्मीकि आश्रम पठाएपछि पनि रामले बिहे गरेनन् । रानी नभएको दरबार दरबार होइन । विनापत्नी यज्ञ हुँदैन । जस्ता कुरा सुन्दासुन्दै आजित भएका रामलेअर्को बिहे गर्नुभन्दा सीताको प्रतिमूर्ति बनाउनु उपयुक्त ठाने । जब कुनै पूजा यज्ञादि गर्नुपर्ने हुन्थ्यो र वामाङ्गी (पत्नी)को आवश्यकता पर्थ्यो तब त्यो प्रतिमा ल्याएर आफ्नो देब्रेतिर राख्थे। वाल्मीकि रामायणको यो श्लोकले यो कुराको पुष्टि गर्छ-
न सीतायाः परां भार्यां वव्रे स रघुनन्दनः
यज्ञे यज्ञे च पत्न्यर्थं जानकी काञ्चनी भवत् ।।७।९९।७।।
त्यति मात्र होइन, वाल्मीकि आश्रममा हुन सक्ने सीताको दैनन्दिनी सम्झेर रामले आफू पनि भुइँमा कुशासनमा सुत्न मन पराए । राजा भएर पनि, दरबारमा रहेर पनि पर्णकुटीकै जस्तो जीवन बिताउने हरसम्भव प्रयास गरे । लोकापवादका कारण रामले आफूलाई परित्याग गरेका हुन् भन्ने कुरा उता सीताले पनि बुझ्थिन् । दुवै अलग अलग भएर पनि सँगै थिए। प्रेमले गाँसिएका थिए, हृदयले जोडिएका थिए। हामीले यसलाई ऐतिहासिक सत्यका रूपमा आत्मसात गर्न सकिरहेका छैनौं । किनभने हाम्रो विचार र रहनसहनमा कोरा भौतिकवादको कालो छाया पर्दै गएको छ ।
रामको जीवनीले हामीलाईप्रेम र कर्तव्यका अनेक आदर्श पाठ अवलम्बन गर्न प्रेरणा दिन्छ । हामीले थाहै नपाईकन राम हाम्रा नसा(नसामा समाहित भएका छन् । राम हाम्रो समाजका अभिन्न अङ्ग बनिसकेका छन् । भगवान्का नाम लेखिएका पहेँला पछ्यौराहरूलाई हामी ूरामनामीू भन्छौं चाहे तिनमा शिव या कृष्णकै नाम लेखिएको किन नहोस् । हामीलाई जीवनका अन्तिम घडीमा पनि राम नाम सत्य होू भन्ने बानी परिसकेको छ ।
प्रतिक्रिया 4