+
+

राष्ट्रियसभाका विषयगत समितिले पाए सभापति

अनलाइनखबर अनलाइनखबर
२०७७ साउन २३ गते १४:३९

२३ साउन, काठमाडौं । राष्ट्रियसभाका विषयगत समितिमा पुरानै सभापतिहरु फेरि नयाँ कार्यकालका लागि पनि निर्विरोध निर्वाचित भएका छन् ।

दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्ट, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण विडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) निर्वाचित भएका हुन् ।

सभापति चयनका लागि बिहीबार मनोनयन दर्ता गराउँदा चारवटै समितिमा एक एक जनाको मात्र उम्मेदवारी परेको थियो । शुक्रबार उनीहरु निर्वाचित भएको घोषणा गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?