+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

चितवनमा भदौ १९ गतेसम्म निषेधाज्ञा

अनलाइनखबर अनलाइनखबर
२०७७ भदौ १२ गते १६:५५

१२ भदौ, चितवन । चितवनमा फेरि थप ७ दिनका लागि निषेधाज्ञा लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले यसअघि जारी गरेको निषेधाज्ञाको आदेश बिहीबार राति सकिने भएपछि पुनः ७ दिनका लागि थप गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले कोरोना संक्रमणको जोखिम कम भई नसकेका कारण मानिसहरुको आवतजावत र जमघटमा नियन्त्रण गर्न निषेधाज्ञालाई भदौ १९ गते राति १२ बजेसम्म निरन्तरता दिएको बताएका छन् ।

निषेधाज्ञाको समयमा विहान ५ देखि ८ बजे र बेलुका ६ देखि ८ बजेसम्म अत्यावश्यक खाद्य सामग्री किन्न नजिकको पसलमा पैदल हिँडेर जान मात्र पाइनेछ ।

यसअघि साँझमा ५ बजदेखि ८ बजेसम्म गरिएकोमा यसपटक एक घण्टा घटाएर दुई घण्टामात्रै खुल्ला गरिएको छ । साँझ ५ बजेको समयमा सडकमा भिडभाड बढि देखिएकोले त्यसमा कम गराउन समय घटाइएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले बताए । अत्यावश्यक सामान किन्न पनि सवारी साधानमा नभई पैदल जान प्रशासनले अनुरोध गरेको छ ।

लामो दूरीका मालबाहक ढुवानीाक साधन, दमकल, एम्बुलेन्स, शववाहन, तरकारी, कृषि व्यवसायका लागि प्रयोग हुने सवारी साधन, खानेपानी, दूध, इन्धन, ढुवानीका साधन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीको सवारी साधन सञ्चालन हुन पाउनेछन् ।

निषेधाज्ञाको समयमा ५० प्रतिशत कर्मचारी उपस्थित हुने गरी सरकारी कार्यालय खुला हुनेछन् । विहान १० देखि दिउँसो १ बजेसम्म बैक तथा वित्तीय संस्था, मनि ट्रान्सफर र सहकारी संस्था खुला हुनेछन् ।

बैंकमा भिडभाड नगर्न र टोकन प्रणालीबाट सेवा दिन भनिएको छ । प्रशासनले जारी गरेको निषेधाज्ञामा सेवाग्राही सरकारी कार्यालय र बैंक तथा वितिय संस्थामा कसरी पुग्छन् भन्ने प्रश्नमा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले सरकारी कार्यालय आन्तरिक मात्रैं कामका लागि मात्रैं खोल्ने निर्णय भएको बताए ।

बैंक तथा वितिय संस्थाको हकमा नजिकको बैंकमा पैदल यात्रा गरेर मात्रै सेवा लिन भनिएको शर्माको भनाइ  छ ।

‘हामीले कसैलाई पनि सवारी लिएर बैंकमा जान दिँदैनौं, घर नजिकको बैंकमा पैदल यात्रा गरेर जेनियुन काम भए मात्रैं जान दिने भनेका छौं’ सहायक प्रमुख जिल्ला अधिकारी शर्माले भने, ‘सवारी साधान चलाएर बैंक जाने बाहनामा दिनभर डुल्ने छुट दिन सकिदैन, कोही संक्रमित भए पनि कन्ट्याक्ट ट्रेसिङका लागि समस्या भयो ।’

उद्योग परिसरभित्रै कामदार तथा कर्मचारीका लागि क्वारेन्टिनस्थलको व्यवस्था गरी उद्योग सञ्चालन गर्न पनि पाइनेछ । पशुपंक्षीको दाना, कषि तथा पशुजन्य उपज र कृषि औजार ओसारपसार, विद्युत, खानेपानी, टेलिफोन, इन्टरनेट सेवा जडान तथा मर्मतका लागि उपकरणसहितका सवारी साधन चल्न पनि पाउने जिल्ला प्रशासन कार्यालयले जनाएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?