
१७ भदौ, सुर्खेत । कर्मचारीलाई कोरोना संक्रमण भएपछि सुर्खेत जिल्ला अदालतले सम्पूर्ण सेवा बन्द गरेको छ ।
मुद्दा फाँटमा कार्यरत एकजना कर्मचारीमा संक्रमण पुष्टि भएपछि अदालतले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ ।
म्याद थप र पक्राउ पुर्जी जारी बाहेकका सबै सेवाहरु बन्द गरिएको अदालतका स्रेस्तेदार यमप्रसाद बाँस्कोटाले जानकारी दिए ।
स्रेस्तेदार बाँस्कोटाका अनुसार भ्ादौ १४ गते मात्रै ती कर्मचारीको स्वाब संकलन गरिएको थियो । कर्मचारीमा संक्रमण पुष्टि भएपछि सिल गरेर अन्य कर्मचारीहरुको स्वाब संकलनको काम भैरहेको बाँस्कोटाले बताए ।
स्वाब संकलन गरिएका सम्पूर्ण कर्मचारीहरुको रिर्पोट आएपछि मात्रै सेवा सुरु गरिने स्रेस्तेदार बाँस्कोटाको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4