
१ असोज, काठमाडौं । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले हिरासतमा भएको मृत्युका घटनाको अध्ययन गर्न उपसमिति गठन गरेको छ ।
बिहीबार बसेको बैठकले हिरासतमा भएका मृत्युबारे स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गर्न ५ सदस्यीय उपसमिति गठन गरेको हो ।
उपसमितिका सदस्य भने केही दिनमा चयन गरिने समितिका सभापति कृष्णभक्त पोखरेलले जानकारी दिए । केही महिनायता धनुषा, रौतहट र कैलालीमा हिरासतमा रहेका बेला ३ जनाको मृत्यु भएको छ ।
उक्त मृत्युको घटनालाई लिएर मृत्यु हुनेका आफन्तजनले विरोध प्रदर्शन गरेका छन् भने प्रहरीले गठन गरेको छानबिनमा कतिपय प्रहरी अधिकारी नै तानिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4