
५ असोज, विराटनगर । मोरङमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।
ताप्लेजुङ घर भई मोरङको विराट मेडिकल कलेजमा उपचाररत ३७ वर्षीया महिलाको सोमबार विहान पौने ११ बजे मृत्यु भएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार मृतक महिलामा कलेजो सम्बन्धी समस्या थियो । विराट मेडिकल कलेज शिक्षण अस्पतालका आइसोलेसन इञ्चार्ज सुनील देवका अनुसार महिलामा ३० भदौमा संक्रममण पुष्टि भएपछि विराट मेडिकल कलेजको आइसोलेसनमा भर्ना भएकी थिइन् ।
सुरुमा उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना भएकी उनी कोरोना पुष्टि भएपछि विराटमा ल्याइएकी थिइन् ।
यी महिलाको मृत्यु भएसँगै कोरोना संक्रमणबाट प्रदेश १ मा मृत्यु हुनेको संख्या ५४ पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4