+
+

सरकारलाई निजी ल्याबहरुको चुनौती, पीसीआर टेष्टको ३८९९ रुपैयाँ लिने घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १२ गते १८:१६
फाइल तस्वीर

१२ असोज, काठमाडौं । कोरोना परीक्षणमा चर्को शूल्क असुल्दै आएका निजी प्रयोगशालाहरुले सरकारकोे निर्देशन नमान्ने बताएका छन् । ८ वटा ल्याबले संयुक्त वक्तव्य नै जारी गर्दै आरटी–पीसीआर टेष्टको शूल्क ३८९९ रुपैयाँ लिने बताएका हुन् ।

सरकारले पीसीआर टेष्टको शूल्क २ हजार तोकेको छ । तर निजी प्रयोगशलाहरुले चर्को शूल्क लिइरहेको पाएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको शूल्क मात्र लिन भनेको थियो ।

तर स्टार, ह्याम्स, बीएण्डबी, मेडिसिटी, डिकोड, सौर्य, सेन्ट्रल डायगनोस्टिक र इन्ट्राप्रिड प्रयोगशालाले संयुक्त वव्यक्त जारी गर्दै ३८९९ रुपैयाँ शूल्क लिने बताएका छन् । विश्व श्वास्थ्य संगठनको मापदण्ड बमोजिम यो शूल्क यथार्थपरक रहेको उमेत उनीहरुले दाबी गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षण शूल्क निर्धारण गर्दा न्यायोचित दररेटमा गर्नुपर्ने निजी ल्याबहरुको माग छ ।

हेर्नुहोस् संयुक्त प्रेस विज्ञप्तिः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?