+
+

ममाथि अन्याय भयो : निमित्त सीईओ जोशी

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १५ गते १८:२५

१५ असोज, काठमाडौं । निलम्वनमा परेका धौलागिरि लघुवित्त वित्तीय संस्थाका निमित्त सीईओ शिवराज जोशीले कर्मचारीको राजीनामा स्वीकृत गरेकै कारण आफूलाई निलम्बन गरिएको बताएका छन् ।

निमित्त सीईओ जोशीले आफूले कुनै गलत काम नगरेको भए पनि सञ्चालक समितिले निलम्बन गरेर आफूमाथि अन्याय गरेको बताए ।

अनलाइनखबरसँग कुरा गर्दै उनले आफूले कुनै गल्ती नगरेको जिकिर गरे । जोशीले भने कर्मचारीको राजीनामा स्वीकृत आफ्नो क्षेत्राधिकारभित्र भएको बताएका छन् । कर्मचारी विनियमावलीमा व्यवस्था भए अनुसार नै आफूले राजीनामा गर्दा पनि आफूलाई गलत नियतले निलम्वन गरिएको उनले बताए ।

निमित्त सीईओ जोशी निलम्वनमा पर्नुको कारण भने संस्थामा कार्यरत वरिष्ठ अधिकृत निर्मल गौतम हुन् । उनले नै सञ्चालक समितिमा उजुरी गरेर जोशीलाई निलम्वन गराउन भूमिका खेलेको स्रोतको भनाइ छ ।

गौतममाथि संस्थाको आचरण विपरीत काम गरेको आरोप लागेको थियो । संस्थाको प्रतिष्ठामा थप आँच पुग्न नदिने भन्दै उनले १७ गते नै व्यवस्थापन समक्ष आफूले राजीनामा दिने लिखित प्रतिवद्धता नै गरे । उनीसँगै संस्थाकी कनिष्ठ अधिकृत बिन्दु लामिछानेले पनि राजीनामा दिने लिखित प्रतिवद्धता गरेकी थिइन् ।

त्यसपछि २८ भदौमा गौतमले र २९ भदौमा लामिछाने निमित्त सीईओ जोशीसमक्ष व्यक्तिगत कारण देखाउँदै राजीनामा दिए । उनीहरु दुबै जनाको राजीनामा २ असोजमा जोशीले स्वीकृत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?