+
+

भारतमा ८२ लाख नाघे कोरोना संक्रमित

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १७ गते ११:३४

१७  कात्तिक, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या ८२ लाख नाघेको छ ।

सोमबार भारतको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अहिलेसम्म भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या ८२ लाख २९ हजार ३१३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोनाका ४५ हजार २३० नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै भारतमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख २२ हजार ६०७ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा ४९६ जनाको कोरोनाबाट मृत्यु भएको हो ।

भारतमा अहिलेसम्म ७५ लाख ४४ हजार ७९८ संक्रमित निको भइसकेका छन् । संक्रमित संख्याको आधारमा भारत अमेरिकापछि कोरोनाबाट सबैभन्दा प्रभावित मुलुक हो ।

अमेरिकामा अहिलेसम्म ९२ लाखभन्दा धेरै संक्रमित फेला परिसकेका छन् । मृतक संख्याको आधारमा भने भारत तेस्रो स्थानमा छ । अमेरिकामा अहिलेसम्म कोरोनाको कारण दुई लाख ३० हजारभन्दा धेरैको मृत्यु भइसकेको छ भने ब्राजिलमा यो संख्या एक लाख ६० हजार नाघेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?