+
+

३ दिन पार्टीको झण्डा आधा झुकाउने कांग्रेसको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक १८ गते १५:४२

१८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनको शोकमा पार्टीको झण्डा आधा झुकाउने भएको छ ।

पोखरा महानगरपालिका-७, कास्कीका केसीको सोमबार राति निधन भएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले केसीको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

साथै १८, १९ र २० गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने, १९ गते कार्यालहरु बन्द गर्ने र १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?