+
+

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २१ गते १५:५६

२१ कात्तिक, काठमाडौं । सिराहामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजना महिलाको मृत्यु भएको छ ।

सिराहाको गोलबजार नगरपालिका–९ चोहर्वास्थित सडकमा शुक्रबार दिउँसो ना.५ ख ७५९६ नम्बरको ट्रकले प्रदेश ३–०१–०१४ प ५८४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा झापा शनिश्चरे नगरपालिका–८ बस्ने मोटरसाइकलमा सवार ५० वर्षीया आशा श्रेष्ठको मृत्यु भएको हो ।

ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकी आशालाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मिर्चैया लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?