+
+

पुस्तक कर हटाउने निर्णयको विरोधमा मुद्रण व्यावसायीद्वारा प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७७ कात्तिक २८ गते १४:५६

२८ कात्तिक, काठमाडौं । मुद्रण व्यावसायीहरूले पुस्तक आयातमा लगाएको कर हटाउने निर्णयको विरोध गरेका छन् । यो निर्णयको विरोधमा नेपाल मुद्रण उद्योग महासंघले शुक्रबार राजधानीमा विरोध प्रदर्शन गरेको हो ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पुस्तक आयातमा लगाइएको १० प्रतिशत अतिरिक्त भन्सार शुल्क हटाउने निर्णय गरेको थियो । नेपाली प्रकाशकहरूले विदेशमा पुस्तक प्रकाशन गरेर ल्याउँदा लाग्ने अतिरिक्त भन्सार शुल्क भने यथावत राखिएको अर्थ मन्त्रालयले जनाएको छ ।

मुद्रण उद्योग महासंघका महासचिव युवराज श्रेष्ठ भन्सार शुल्क हटाउँदा स्वदेशी मुद्रण उद्योग प्रवर्द्धनमा असर पर्ने बताउँछन् । स्वदेशी मुद्रण उद्योगका लागि आवश्यक कागज लगायतका कच्चा पदार्थमा १५ प्रतिशत भन्सार र १३ प्रतिशत भ्याट सहित २८ प्रतिशत कर बुझाउँदा विदेशी प्रकाशनसँग प्रकाशन गर्न नसकिने उनको भनाइ छ ।

श्रेष्ठ भन्छन्, ‘अतिरिक्त भन्सार शुल्क हटाउने निर्णयले हामीलाई विस्थापित त गर्छन् नै, पुस्तक आयातकर्ताहरू करको दायरामा पनि आउँदैनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?