+
+

खोकनावासीद्वारा फास्ट ट्र्याक निर्माणमा अवरोध

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १७ गते १६:५४

१७ मंसिर, काठमाडौं । सहमती विपरीत काम अघि बढाएको भन्दै खोकनावासीले काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाको काममा अवरोध गरेका छन् ।

फर्सिडोलमा निर्माणाधीन द्रुतमार्गको प्रवेश बिन्दुमा पुगेर स्थानीयले विरोध गरेका हुन् । आयोजनाले खोकना, बुङमती र डुकुछापका स्थानीयले चित्त बुझाएर जग्गा अधिग्रहण गर्न सकेको छैन ।

द्रुतमार्ग निर्माणको जिम्मेवारी पाएको जिम्मेवारी लिएको नेपाली सेनाले खोकनासहित कुल ८०७ रोपनी जग्गाको मुआब्जा वितरण गर्न बाँकी रहेको जनाएको छ ।

सरकारले वार्ता नगर्ने तर सुरक्षाकर्मी लगाएर जबरजस्ती काम अघि बढाएको स्थानीयको आरोप छ ।

 

तस्वीरहरू : आर्यन धिमाल/अनलाइनखबर

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?