+
+

‘द स्ट्रिङ शो’मा शिवना श्रेष्ठ विजयी

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर १८ गते १५:३१

रेट्रो अंग्रेजी सांगितिक प्रतियोगिता, ‘द स्ट्रिङ’ को अन्त्य संगै विजयी प्रतियोगीको नाम घोषणाको पर्खाई पनि अन्त्य भएको छ।

कार्यक्रमको ग्रान्ड फिनाले प्रतियोगीहरुको प्रदर्शन सहित ‘द स्ट्रिङ’ को पहिलो सिजनको एतिहासिक विजयी शिवना श्रेष्ठले ट्रोफि र नाम दुबै हासिल गरिन्। त्यसमा तुशिता मास्के दोस्रो र स्वोर्निम श्रेष्ठ तेस्रो स्थान हासिल गर्न सफल भए।

पुरस्कारको विषयमा भन्नु पर्दा पहिलो विजेता नगद १ लाख, २ रातर ३ दिनको होटेल रेनफोरेस्ट, सौराहा, चितवनमा स्टे, दोस्रो विजेताले नगद ५० हजार र २ रातर ३ दिनको होटेल पार्कल्याण्ड, सौराहा, चितवनमा स्टे र तेस्रो विजेताले नगद २५ हजार र चन्द्रागिरी हिल्स रिसोर्ट, चन्द्रागिरीमा २ रातर३ दिनको स्टे प्राप्त गरेका छन्।

यस बाहेक डीसहोमको वार्षिक जडान र अन्य आकर्षक उपहारहरु समेत प्राप्त विजयी प्रतियोगीहरुले प्राप्त गरेका छन्।
ग्रान्ड फिनालेको प्रशारण बुधबार साँझ ८.३० मा डीसहोमको रियल टिभी ख् मा गरिनेछ। कार्यक्रममा पेम्बा लेप्चा र भुषण श्रेष्ठको विशेष प्रश्तुतिले दर्शकहरुलाई पुराना यादहरुसंग जोडेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?