
१९ मंसिर, चितवन । चितवनमा थप एकजना काेराेना संक्रमितको मृत्यु भएको छ । चितवनको कालिका नगरपालिका -४ बस्ने ४९ वर्षीय पुरुषकाे उपचारको क्रममा भरतपुर अस्पतालमा बिहीबार राती मृत्यु भएको हो ।
अस्पतालकाे काेभिड आईसीयूमा उपचार गर्दागर्दै उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पाैडेलले जानकारी दिए । ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएपछि उनी मंसिर १३ गते अस्पतालमा भर्ना भएका थिए । कोरोना संक्रमित ती पुरूषकाे स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि साेही दिन काेभिड आईसीयूमा भर्ना गरिएको थियाे ।
कोरोना संक्रमणबाट चितवनमा अहिलस्मम ९६ जनाकाे मृत्यु भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4