Comments Add Comment

नेपाल एग्रोको आयोजनामा क्षमता अभिवृद्धि तालिम

२१ मंसिर, काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले आफ्ना कर्मचारीहरुलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । बिहीबारदेखि पाल्पाको तानसेनमा आयोजित क्षमता अभिवृद्धि तालिम शनिबारसम्म चलेको थियो ।

कार्यक्रममा प्रथम त्रैमासिकको समिक्षा, शाखा प्रमुख÷कर्मचारीहरुको क्षमता अभिबृद्वि एवं सदस्यहरुको म्यादी जिवन बिमा सम्वन्धि तालिम समेत प्रदान गरिएको संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले जानकारी दिए । उनका अनुसार तालिममा १० शाखाका ३५ जना कर्मचारीहरु सहभागी भएका थिए ।

बोहराले वित्तीय संस्थाले हालसम्म २१ हजार २ सय घरपरिवारलाई प्रत्यक्ष सेवा प्रदानगर्दै ८१ करोड ३० लाख कर्जा लगानीमा रहेको बाँकी साँवा तथा २६ करोड ७४ लाख रुपयाँ बचत संकलन गर्न सफल भएकोे बताए ।

तालिमको अवसरमा वित्तीय संस्थाका कार्यसञ्चालन÷कर्जा विभाग प्रमुख तथा कार्यक्रमका संयोजक नयन देवकोटाले भाखा नाघेको कर्जा व्यवस्थापन, दोन्द्व तथा तनाव व्यवस्थापन, कर्जा नोक्सानी व्यवस्था, कर्जा लगानी बृद्वि एवं भाखा नाघेको कर्जा असुलिको उपायहरु तथा सदस्यहरुको म्यादी जिवन विमा सम्वन्धि कार्यक्रममा सहजीकरण गरेका थिए ।

सीईओ बोहराले वित्तीय संस्थाले चालु आर्थिक वर्षको प्रथम त्रैयमासको प्रतिवेदनमा खुद नाफा रु.६१ लाख ५८ हजार रहेको तथा प्रति शेयर आम्दानी रु.४३.०४ गर्न सफल भई लघुवित्त क्षेत्रमा अव्वल श्रेणीमा रहन सफल भएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment