Comments Add Comment

नेकपाको सचिवालय बैठकमा सूर्य थापा र गोरखापत्रको चर्चा !

२१ मंसिर, काठमाडौं । शनिबार बालुवाटारमा बसेको नेकपा सचिवालयको बैठकमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र सरकारी पत्रिका गोरखापत्रका विषयमा केही नेताले टिप्पणी गरे ।

पूर्वप्रधानमन्त्री एवं नेकपाका बरिष्ठ नेता झलनाथ खनालले केपी ओली पक्षले गोरखापत्र दैनिकको दुरुपयोग गरिरहेको भन्दै असन्तुष्टि प्रकट गरे । उनले बैठकमा भने, ‘गोरखापत्र केपी ओली गुटको मुखपत्र भएको छ, राष्ट्रको स्रोतसाधन यसरी दुरुपयोग गर्न पाइँदैन ।’

त्यसैगरी, नेकपा उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापालाई पदबाट हटाउन माग गरे । गौतमले बैठकमा भने, ‘प्रधानमन्त्रीले सूर्य थापालाई कारवाही गर्नुस्, उनले प्रशंसा गरेजस्तो गरेर सिध्याइदिन्छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

१०

ऊ… ऊ… सगरमाथा !

Advertisment