Comments Add Comment

बैंक-वित्त समाचार

List Grid
ग्लोबल बैंकद्वारा प्रदेश सरकारलाई रु २५ लाख हस्तान्तरण

ग्लोबल आइएमई बैंकले कोरोना भाइरस (कोभिड –१९) विरुद्धको अभियानमा आज प्रदेश नं ५ सरकारलाई रु २५ लाख सहयोग गरेको छ । बैंकको प्रदेश नं ५ को कार्यालयले उक्त रकम सहयोग गरेको हो । बैंकको प्रदेश नं ५ का नायब प्रदेश प्रमुख दिलीप डाँगीले प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गरे। […]

फोटो पत्रकारलाई ग्लोबल आइएमई बैङ्कद्वारा प्रेस ज्याकेट सहयोग

ग्लोबल आइएमई बैङ्क लिमिटेडले विभिन्न जिल्लामा रहेर पत्रकारिता गर्ने फोटो पत्रकारहरूलाई प्रेस ज्याकेट उपलब्ध गराएको छ। आइतबार एक कार्यक्रमका बीच बैङ्कका नायब महाप्रवन्धक सुरेन्द्रराज रेग्मीले नेपाल फोटो पत्रकार महासंघका अध्यक्ष ध्रुव आलेलाई उक्त ज्याकेटहरू हस्तान्तरण गरे । बैङ्कमा आयोजित एक कार्यक्रममा बोल्दै बैङ्कका नायब महाप्रवन्धक रेग्मीले प्रेस ज्याकेटले फोटो पत्रकारहरूलाई बन्दाबन्दीको अवस्थामा रिपोर्टिङमा जाँदा सहज हुने […]

सनराइज बैंकद्वारा ग्राहकहरुलाई इजि केयरबाट गरिने औषधि खरिदमा २२% सम्मको छुट

सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई घरमै बसेर औषधि तथा आवश्यक मेडिकल किट खरिद गर्दा २२% सम्म छुट र क्यास ब्याक दिने व्यवस्था गरेको छ । ग्राहकहरुको स्वास्थ्य, सेवा र सुविधालाई मध्यनजर गर्दै बैंकले हालको लकडाउनको अवस्थामा पनि इजि केयरमा गरिएको खरिदका लागि सनराइज बैंकको क्यूआर कोड तथा बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी आवश्यक औषधि […]

सनराइज बैंकले गरिदियो कर्मचारीहरुको कोभिड–१९ बिमा

१६ जेठ, काठमाडौं । कोरोना भाईरस (कोभिड–१९) ले देशव्यापी माहामारीको रुप लिईरहेको अवस्थामा आफ्नो कर्मचारीहरुको सुरक्षालाई मध्यनजर गर्दैे सन्राइज बैंक लिमिटेडले बैंकमा कार्यरत सम्पूर्ण स्थायी, करार, प्रशिक्षार्थी, सवारी चालक, कार्यलय सहयोगी, सुरक्षा गार्ड लगायत कर्मचारीहरुको कोभिड–१९ बीमा गराएको छ । यस कोभिड–१९ बीमा अन्तर्गत प्रत्येक कर्मचारीहरुको रु. १ लाख रुपैंया बराबरको सामुहिक लुम्बिनी जनरल इन्स्योरेन्स […]

नबिल बैंकद्वारा कर्णाली प्रदेश सरकारलाई सहयोग

१३ जेठ, काठमाडौं । नबिल बैंकले कोरोना भाइरस रोगको संक्रमणलाई फैलिन नदिन एवं सोको रोकथाम तथा नियन्त्रणका लागि सहयोग पुर्‍याउने उद्देश्यले कर्णाली प्रदेश सरकारलाई सहयोग गरेको छ । प्रदेश अस्पताल, विरेन्द्रनगर सुर्खेतमा एक थान पीसीआर मेसिन किन्न बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रु. २८ लाख २५ हजार आर्थिक सहयोग गरेको हो । सो आधुनिक एवं […]

माछापुच्छ्रे बैंकको नयाँ अनलाइन बैकिङ्ग सेवा अपग्रेड, अव ‘नो लाइन बैकिङ्ग’

१२ जेठ, काठमाडौं । माछापुच्छ्रे बैंकले डिजिटल बैंकिङ्गको क्षेत्रमा फड्को मार्दै ‘एमबीएल अनलाइन बैकिङ्ग’ सेवालाई अपग्रेड गरेको छ । अब ‘नो लाइन बैकिङ्ग’ भन्ने नाराका साथ बैंकले कोभिड–१९ महामारीको समयमाअब बैंकिङ्ग सुविधा उपयोग गर्न लाइनमा बस्न नपर्ने भन्दै अनलाइन बैंकिङ्ग सेवालाई अपग्रेड गरेर प्रस्तुत गरेको हो । यससँगै बैंकका ब्यवसायिक तथा ब्यक्तिगत दुवै खालका ग्राहकलाई […]

चितवन मेडिकल कलेज र महाभारत गाउँपालिकालाई पीपीई सहयोग

८ जेठ, काठमाडौं ।  सनराइज बैंकले चितवन मेडिकल कलेज र महाभारत गाउँपालिकालाई व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई) सहयोग गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले चितवन मेडिकल कजेजलाई २० थान र महाभारत शाखा अधिकृत राजकुमार थापाले सहयोग सामाग्री प्रदान गरे । पीपीई चितवन मेडिकल कलेजका सम्पर्क अधिकारी विमल ज्ञवाली र महाभारत गाउँपालिकाका मेयर […]

जापानबाट इसेवा मनिट्रान्सफरको सेवा सुरु

१ जेठ, काठमाडौं । इसेवा मनि ट्रान्सफरले आफ्नो पहिलो सेवा जापानबाट सुरु गरेको छ । जापानको वर्ल्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले जानकारी दिए । कोइरालाका अनुसार यो सेवा सुरु भएसँगै अब जापानमा रहेका नेपालीहरुले इसेवा मनि ट्रान्सफरमार्फत् सहज र सुरक्षित रुपले रकम पठाउन सक्नेछन् […]

ग्लोबल आइएमई बैंकले कमायो २ अर्ब ७० करोड, यस्तो देखियो वित्तीय अवस्था

३१ वैशाख, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासमा २ अर्ब ७० करोड रुपैयाँ भन्दा बढी नाफा कमाएको छ । बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै २ अर्ब ७० करोड २६ लाख १४ हजार ८ सय ९४ रुपैयाँ कमाएको जानकारी दिएको हो । दुई ठूला वाणिज्य बैंकहरु (ग्लोबल आइएमई […]

लकडाउनमा बैंकलाई फेरि कडाइ, बिहीबारदेखि सीमित कार्यालयमात्र खुल्ने

३१ वैशाख, काठमाडौं । मन्त्रिपरिषदको निर्णयपछि खुल्न थालेका बैंक तथा वित्तीय संस्थाका कार्यालय बिहीबारदेखि फेरि बन्द हुने भएका छन् ।  नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालयमात्रै खोल्न निर्देशन दिएको छ । आइतबारदेखि बैंकहरुले सबै शाखा कार्यालय खोलेर सेवा दिन थालेका थिए । बैंकका कारण पनि सडकमा भीडभाड बढेको गुनासो आएपछि राष्ट्र बैंकले सबै शाखा […]

ग्लोबल आइएमई बैंकले दियो ट्राफिक प्रहरीलाई ट्राफिक पोल

३१ वैशाख, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ट्राफिक प्रहरीलाई काठमाडौं उपत्यका भित्रका सडकहरुमा ट्राफिक जनचेतनाका लागि उपयोगी हुने ट्राफिक पोलहरु हस्तान्तरण गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत महेश ढकालले महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकाललाई उक्त ट्राफिक पोलहरु हस्तान्तरण […]

भाइबरबाटै एनएमबिमा खाता खोल्न सकिने

३० वैशाख, काठमाडौं । फेसबुक म्यासेन्जरबाटै खाता खोल्ने योजना सफलतापूर्वक सञ्चालन भएसँगै एनएमबि बैंकले अब घरमै बसी भाइबरमा च्याट गरेर पनि खाता-मुद्दती निक्षेप खोल्न सकिने सेवा प्रस्तुत गरेको छ । वर्तमान प्रतिकुल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च प्रतिफल र असीमित सुरक्षाको सुनिश्चितताको साथ ग्राहकवर्गको लागि अनुपम सुविधाले भरिपूर्ण छरितो वित्तीय सुविधाहरु बैंकले पस्किएको दाबी गरेको […]

एनआईसी एशियाको सुविधा: पोस टर्मिनल र एटिएमहरूमा मास्टरकार्डको प्रयोग हुने

२४ वैशाख, काठमाडौं ।  एनआईसी एशिया बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवा प्रदायक कम्पनी मास्टर कार्डसँगको सहकार्यपछि यस बैंकको पोस टर्मिनल तथा एटिएमहरूमा उक्त कम्पनीका डेबिट तथा क्रेडिट कार्यहरू प्रयोग गर्न सकिने सुविधा ल्याएको छ । यस व्यवस्थासँगै अब कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंक तथा वित्तीय संस्थाहरूले जारी गरेको मास्टरकार्डका डेबिट तथा क्रेडिट कार्यहरूको प्रयोग ग्राहकहरूले यस […]

एभरेष्ट बैंकको मोबाईल बैंकिङ एपमा अब नयाँ सुविधा

२३ वैशाख, काठमाडौं । एभरेष्ट बैंकले ग्राहकहरुको सेवा र सुविधालाई ध्यानमा राखी मोबाईल बैंकिङ्ग एप ‘ईबीएलटच २४’ मा नयाँ अद्यावधिक सुविधाहरु थप गरेको छ । अब यो एप थप सुरक्षित, ऽुत र भरपर्दो बन्न गएको बैंले बताएको छ । एभरेष्ट बैंकको मोबाईल बैंकिङ्ग एप ‘ईबीएलटच २४’ को स्तरोनतीको साथ अबग्राहकहरुले यस एपमार्फत स्वयं मोबाइल बैंकिङ्ग […]

एनआईसी एसिया बैङ्कद्वारा वैशाख मसान्तसम्म चुक्ता हुने ब्याज रकममा १० प्रतिशत छुट

२३ वैशाख, काठमाडौं । एनआइसी एसिया बैङ्कले नेपाल राष्ट्र बैङ्कले व्यवस्था गरेको दुई प्रतिशत ब्याज छुटका अलावा वैशाख महिनासम्ममा तिर्नुपर्ने ब्याज वैशाख मसान्तभित्र चुक्ता गरेमा सम्पूर्ण ब्याज रकममा १० प्रतिशत छुट तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुटको योजना ल्याएको छ। बैङ्कले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो। यस्तो योजनाले वित्तीय भार कम हुन […]

एनआईसी एशियाले राष्ट्र बैंकले भनेको भन्दा धेरै सहुलियत दिने

२२ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले घोषणा गरेको सहुलियत भन्दा एनआइशी एशिया बैंकले धेरै सहुलियत दिने भएको छ । राष्ट्र बैंकले चौथौ त्रैमासको ब्याजदरमा २ प्रतिशत सहुलियत दिन बैंक तथा वित्तीय क्षेत्रलाई निर्देशन दिएको थियो । यसका साथै थप सहुलियत समेत दिने बैंकले घोषणा गरेको छ । बैंकका अनुसार वैशाख मसान्तसम्ममा तिर्नु पर्ने सावाँ […]

एनआईसी एसियाले अनलाइन माध्यमबाट व्यवसायीहरूलाई क्यूआर कोड प्रदान गर्दै

२२ वैशाख, काठमाडौं । लकडाउनको समयमा बाहिर निस्कनु भनेको गाह्रै कुरा रहेको अहिले सबैको अनुभव छ । कहिलेकाहीँ त खाने सामान किन्न पसलसम्म निस्कनै पर्ने हुन्छ । तर, त्यसको विकल्पको रुपमा अहिले विभिन्न अनलाइन कम्पनी तथा मिनीमार्केटहरूले उपभोक्ताको घरसम्मै समान पठाइदिने व्यवस्था गरिरहेका छन् । जसबाट उपभोक्ताहरूलाई आफ्नो दैलोमै समान प्राप्त गर्ने सुविधा प्राप्त भइरहेको […]

नेपाल लाइफ २०औं वर्षमा प्रवेश

२१ वैशाख, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको १९ वर्ष पुरा गरी २० औं वर्षमा प्रवेश गरेको छ । वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भई बिमित सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ । देशले भोगिरहेको यस विषम परिस्थितिको सामना गर्न अग्रमोर्चामा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मी, खाद्यान्यलगायत अत्यावश्यक सामग्री उपलब्ध […]

सानिमा बैंक र दराजको शपिङ्गबार योजना, बैशाख २२ गतेबाट लागू हुने

२१ वैशाख, काठमाडौं ।  सानिमा बैंक लिमिटेड र दराज बीच अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा छुट दिने सम्झौता भएको छ । सानिमा बैंकको कार्ड प्रयोगकर्ताहरुले सोमबारका दिन डेविट वा क्रेडिट कार्डमार्पmत शपिङ्ग गर्दा १०% वा अधिकतम रु.५०० सम्म छुट प्राप्त गर्न सकिन्छ । यो योजना भोली बैशाख २२ गते देखि लागु हुनेछ । […]

सेञ्चुरी बैंक र एफवान सफ्टबीच मोबाइल बैंकिङ सेवाका लागि सम्झौता

२१ वैशाख, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र एफवान सफ्ट इन्टरनेसनलबीच मोबाइल बैंकिङ सेवाका लागि सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट चिफ बिजनेस डेभलपमेन्ट अफिसर सुवासबहादुर श्रेष्ठ र एफवान सफ्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले हस्ताक्षर गरे । सम्झौताअनुसार अब बैंकले सेञ्चुरी पे नामक एपमार्फत् मोबाइल बैकिङ सेवा उपलब्ध गराउनेछ । सेञ्चुरी पेमार्फत् […]

फेसबुकबाटै एनएमबि बैङ्कमा खाता खोल्न सकिने

१९ वैशाख, काठमाडौं । एनएमबि बैङ्कले स्मार्ट बैङ्किङतर्फ फड्को मार्दै अब घरमै बसीबसी फेसबुक म्यासेन्जरबाटै खाता/मुद्दती निक्षेपमा खाता खोल्ने र नवीकरण गर्न सकिने व्यवस्था गरेको छ । वर्तमान प्रतिकूल परिस्थितिमा पनि अतुलनीय सहजता, उच्च प्रतिफल र असीमित सुरक्षाको सुनिश्चितताको साथ ग्राहकको लागि अनुपम सुविधाले भरिपूर्ण छरितो वित्तीय सुविधाको रुपमा बैङ्कले यो सुविधा ल्याएको हो । […]