
२२ भदौ, काठमाडौं । एभरेस्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुदेश खालिङ दोहोरिएका छन् ।
बैंक सञ्चालक समितिले खालिङलाई नै दोहोर्याउँदै आगामी ४ वर्षका लागि कार्यकाल थप गरेको हो ।
एभरेस्ट बैंकमा पहिलो नेपाली सीईओका रूपमा प्रवेश गरेका खालिङको कार्यकाल पुनः थप भएको हो । पञ्जाब नेसनल बैंक, भारतको संयुक्त लगानीमा सञ्चालित एभरेस्ट बैंकमा यसअघि भारतीय नागरिकहरू नै सीईओ नियुक्त हुने गरेका थिए ।
बैंक सञ्चालक समितिले खालिङलाइ थप एक कार्यकाल अर्थात् आगामी ४ वर्षका लागि नियुक्त गरेको हो । उनी विगतमा लक्ष्मी बैंकको सीईओ भइसकेका हुन् ।
सिटिजन्स बैंक इन्टरनेसनलले सञ्चालक समितिमा समेत बसिसकेका खालिङले बैंकिङ क्षेत्रमा तीन दशकभन्दा लामो समय काम गरेका छन् ।
लक्ष्मी बैंकको सीईओ हुनु अगाडि उनी स्ट्यान्डर्ड चार्टर्ड बैंकमा थिए ।
प्रतिक्रिया 4